आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारमा भागबण्डा खोज्दै कांग्रेसभित्रै गुटगत भेला

देउवा सरकारमा भागबण्डा खोज्दै कांग्रेसभित्रै गुटगत भेला

  • मिडिया डबली
  • सोमवार, श्रावण ४ २०७८

  • 3.9K
    SHARES

  • देउवा सरकारमा भागबण्डा खोज्दै कांग्रेसभित्रै गुटगत भेला

    काठमाडौं – विभिन्न साना दलसँग मिलेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि सरकारमा भागबण्डा खोज्दै कांग्रेसभित्रै गुटगत भेला चलिरहेका छन् ।

    प्रधानमन्त्री देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएको भोलिपल्टै सोमबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपप्रधानमन्त्रीसहित ठूलो मन्त्रालय आफ्नो पक्षले पाउनुपर्ने माग राखेको छ ।

    सोमबार पौडेल पक्षले महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा गुटगत भेला गर्दै प्रधानमन्त्रीपछिको उपप्रधानमन्त्री कांग्रेसले नै राख्नुपर्ने र त्यो पौडेल पक्षलाई दिनुपर्ने माग गरेको छ । सत्ता सहयात्री दलहरू नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई मिलाउनुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्रीसामु पौडेल पक्ष छुट्टै माग लिएर खडा भएको छ ।

    भेलाको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले पौडेल पक्षको बैठकले सरकारको ‘सेकेन्ड पोजिसन’ काँग्रेसकै हुनुपर्ने निष्कर्ष निकालेको जानकारी दिए । ‘सरकारमा कांग्रेसको सेकेन्ड पोजिसन हुनुपर्छ  । त्यसमा हाम्रो साथीहरू (पौडेल पक्ष) नियुक्त गर्नुपर्छ भन्ने हो । कसलाई पठाउने भन्ने हाम्रो छलफल भएन । सेकेन्ड म्यानको रूपमा हामीहरुसँग भएका साथीहरुलाई अगाडि बढाउँदा ठिक हुन्छ कि भन्ने छलफलमा निस्केकै हो,’ केसीले भने ।

    सरकारमा पौडेल पक्षको सहभागिताबारे पार्टी सभापति तथा प्रधानमन्त्री देउवासँग छलफल गरिने भएको छ । ‘पार्टी सभापतिसँग छलफल हुन बाँकी छ । छलफल गर्छौं तर गठबन्धनमा भागबण्डा मिलिसकेको स्थिति छैन । गठबन्धनको भागबण्डापछि नै यस विषयमा कुराकानी होला,’ उनले भने, ‘नयाँ सरकार निर्माणको स्थिति जसरी निर्माण भयो । संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा घुमिफिरी कांग्रेसको काँधमा आयो । राष्ट्रिय संकटको समाधान नेपाली कांग्रेसले नै गर्छ भन्ने परिस्थिति निर्माण भयो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend