काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा पार्टीका बैठक नराख्न खबरदारी गरेका छन् ।
पार्टी सभापति समेत रहेका देउवालाई बालुवाटारमा पार्टीका बैठक नराख्न आग्रह गरिएको नेता थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
नेताहरूको आग्रहपछि देउवाले अबदेखि बालुवाटारमा बैठक नराख्ने बताएका नेता थापाले जानकारी दिए ।
थापाले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्रीज्यू यो विश्वासलाई कायम राखिदिनुहोला ।’
यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै पार्टी बैठक राख्ने गरेका कारण आलोचना हुने गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।