सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओली गुटकै यी ८ जनाले दिए देउवालाई विश्वासको मत, एमाले मिलाउनेहरू हेरेका हेर्‍यै

ओली गुटकै यी ८ जनाले दिए देउवालाई विश्वासको मत, एमाले मिलाउनेहरू हेरेका हेर्‍यै

  • मिडिया डबली
  • सोमवार, श्रावण ४ २०७८

  • 5.0K
    SHARES

  • ओली गुटकै यी ८ जनाले दिए देउवालाई विश्वासको मत, एमाले मिलाउनेहरू हेरेका हेर्‍यै

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ जना सांसदले विश्वासको मत दिएका छन् ।

    एमालेका २२ जनामध्ये ८ जना निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली गुटकै रहेका जनाइएको छ ।

    प्रतिनिधिसभा संसदको आईतवारको बैठकमा भएको मतदानमा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका छन् ।

    एमाले सांसद मेटमणि चौधरीले विश्वासको मत दिएका २२ जनामध्ये केही ओली पक्षका समेत रहेका जानकारी दिए ।

    प्रतिनिधि सभामा मतदानमा सहभागी भएका २४९ सांसदमध्ये देउवाको पक्षमा १६५ र विपक्षमा ८३ जनाले खसेको छ भने १ जना सांसद तटस्थ बसेका छन् । 

    सांसद चौधरीका अनुसार ओली पक्षका सांसदहरू प्रेम आले, कृष्णकुमार श्रेष्ठ, हिराचन्द्र केसी, पार्वती बिशंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिना हुसेनले देउवालाई मत दिएका छन् ।

    नेता माधवकुमार नेपाल पक्षबाट नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, गोपाल बम, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु र कृष्णलाल महर्जनले देउवालाई विश्वासको मत दिएका छन् ।

    एमालेभित्र विद्रोह हुँदा पार्टी एकताका लागि क्रियाशील कार्यदलका सदस्य तथा केही चर्चित नेताहरू हेरेको हेर्‍यै भएका छन् । ती नेताहरू भने अनुपस्थित रहेका थिए ।

    नेकपा एमालेको विवाद समाधानका लागि गठित वार्ता टोली र केही अरु सांसदले देउवालाई विश्वासको मत दिने बेला मतदानमा सहभागी नै भएनन् । सांसद सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डेय, झपट रावल, घनश्याम भुसाल, दीपकप्रकाश भट्ट लगायतका नेताहरू मतदानमा सहभागी भएनन् ।

    नेकपा एमालेको शुक्रवार बसेको संसदीय दलको बैठकले देउवाको विपक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिएको थियो । निर्देशन विपरीत २२ जनाले देउवालाई मत दिँदा माधव नेपाल पक्षका केही र ओली पक्षका गरी १६ जना अनुपस्थित रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend