सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रधानमन्त्री देउवालाई अब चुनावसम्मै ढुक्क !

प्रधानमन्त्री देउवालाई अब चुनावसम्मै ढुक्क !

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 5.0K
    SHARES

  • प्रधानमन्त्री देउवालाई अब चुनावसम्मै ढुक्क !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिनिधि सभाको बहुमतले विश्वासको मत दिएको छ ।

    सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि बसेको पहिलो दिनको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको छ ।

    प्रतिनिधि सभामा बसेको कूल २४९ मतमध्ये १६५ सांसदले प्रस्तावको पक्षमा मतदान गरेका छन् भने विपक्षमा ८३ र तटस्थमा १ मत खसेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको घोषणा गरेका छन् ।

    नवनियुक्त प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ । देउवालाई नेकपा एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका केही सांसदले समेत विश्वासको मत दिएका छन् ।

    यसअघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिएपनि हुनेमा देउवा प्रधानमन्त्री नियुक्त भएको ४ दिनमै मत लिएका छन् । विश्वासको मत लिने प्रक्रियामा देउवाले सबै दललाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमत सांसदहरू सर्वाेच्च अदालत गएका थिए । अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

    देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिएसँगै सर्वाेच्च अदालतको फैसला सही ठहर भएको छ भने राष्ट्रपति भण्डारीले सुरुमै देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नु गलत निर्णय रहेको प्रमाणित भएको छ ।

    विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवाले अब आगामी निर्वाचनसम्मै सरकार चलाउन पाउने छन् । प्रधानमन्त्री नियुक्त भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । चालू प्रतिनिधि सभाको कार्यकाल अब लगभग १७ महिना बाँकी रहेको छ । त्यसपछि प्रतिनिधिसभा आवधिक निर्वाचन हुनेछ ।

    विश्वासको मत माग्दै देउवालाई प्रतिनिधि सभामा प्रस्ताव राखेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend