काठमाडौं – पुनःस्थापित प्रतिनिधिसभा अधिवेशनको पहिलो दिनको बैठकमा संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने हिम्मत गरेनन् ।
आफैंले विघटन गरेको प्रतिनिधिसभामा ओली कसरी उपस्थित होलान् भनेर प्रश्न उठिरहेका बेला ओलीले बैठकमा बोल्ने हिम्मत गर्न सकेनन् ।
बरु एमालेको तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीले धारणा राखेका थिए । प्रवक्ता ज्ञवालीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नसकिने धारणा राखेका छन् ।
अध्यक्ष ओलीले संसदमा बोल्ने हिम्मत नगरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिखो व्यंग्य गरेका छन् । संसदमा नबोलेको विषयमा मात्रै होइन, देउवाको शपथ कार्यक्रममा ओली उपस्थित नभएकोमा प्रचण्डले आलोचना गरेका छन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावमाथि आईतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सामान्य मर्यादा ओलीले बिर्सेको दाबी गरे ।
अध्यक्ष प्रचण्डले पुनःस्थापित प्रतिनिधि सभामा ओलीले सम्बोधन नगरेकोमा पनि आफूलाई अस्वाभाविक महसूस भएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘मैले मेरो प्रमुख सचेतकलाई ३ पटक सोधें, ओलीले सम्बोधन गर्नुहुन्छ भनेर । उहाँले गर्नुहुन्छ भन्नुभयो । पुनःस्थापित पहिलो संसद्को बैठकमा पूर्व प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको हैसियतमा केपीको मुखबाट कुरा सुन्न चाहेको थियो, त्यो पनि भएन । यो पनि अस्वाभाविक जस्तो महसूस भएको छ, यो लोकतान्त्रिक हो कि अलोकतान्त्रिक भन्ने कुरामा ।’
अध्यक्ष प्रचण्डले आफूहरु केपी ओलीको अहंकारका कारण आजित भएको दुःखेसो पोखे । प्रचण्डले भने, ‘केपीको अहंकारको जाँतोमा नपिसिएको भए त हुन्थ्यो, अहंकारवाद, व्यक्तिवाद, छलकपट जालझेलको साक्षी हामी थिएनौं भने त उहाँले भनेको सही जस्तो लाग्थ्यो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।