आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाको पक्षमा भारी बहुमत जुट्दै, महन्थ ठाकुर पक्षले विश्वासको मत दिने निर्णय

देउवाको पक्षमा भारी बहुमत जुट्दै, महन्थ ठाकुर पक्षले विश्वासको मत दिने निर्णय

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 4.5K
    SHARES

  • देउवाको पक्षमा भारी बहुमत जुट्दै, महन्थ ठाकुर पक्षले विश्वासको मत दिने निर्णय

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत दिने निर्णय गरेको छ ।

    जसपा सांसद उमाशंकर अरगरियाले विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।

    प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत मागेका थिए ।

    पत्र पठाएपछि कांग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल समेत भएको थियो । छलफलमा प्रधानमन्त्री देउवाले मधेशका माग पूरा गर्ने आश्वासन ठाकुरलाई दिएका थिए ।

    प्रधानमन्त्री देउवाको आश्वासनपछि ठाकुर पक्षले समेत विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ ।

    जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । जसपाका ३२ जना सांसद रहेका छन् । यसरी प्रधानमन्त्री देउवाको पक्षमा भारी बहुमत जुट्ने देखिएको छ । 

    प्रधानमन्त्री देउवाले आईतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend