काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले अकस्मात हेलिकप्टर चढ्नुपर्ने भएको छ ।
प्रतिनिधिसभा बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन सांसद थापा काठमाडौंबाहिर अलपत्र परेपछि उनलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
विगत २ दिनदेखि पोखरामा रहेका नेता थापा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने थाहा पाएपछि स्थलमार्गबाट काठमाडौं आउन लागेका थिए । तर तनहुँको दमौलीभन्दा अगाडि पहिरोका कारण सडक अवरुद्ध भएपछि नेता थापा अलपत्र परेका थिए ।
अलपत्र परेका सांसद थापा हेलिकप्टरमा चढेर काठमाडौं आउन लागेका छन् । सांसद थापाले मिडिया डबलीसँग कुरा गर्दै आफू हेलिकप्टर चढिसकेको र सोझै काठमाडौं आउने जानकारी दिए । ‘म हेलिकप्टर चढिसकें, अब काठमाडौं आएर संसद बैठकमा सहभागी हुन पुगिहाल्छु,’ सांसद थापाले भने ।
सांसद थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा समेत रहेका छन् । सांसद थापा पोखराबाट आईतबार बिहान ११ बजे काठमाडौं फर्किने तयारीमा रहेपनि मौसम खराबीका कारण उनले स्थलमार्ग प्रयोग गरेका थिए । तर स्थलमार्गमा समेत पहिरोले अवरोध गरेको छ ।
नेपाली कांग्रेसका नेता रामजी कुँवरको स्मृतिसभा तथा पार्टीको विभिन्न कामका लागि सांसद थापा शनिवार बिहान पोखरा पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।