सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सांसद गगन थापा काठमाडौंबाहिर अलपत्र, अब विश्वासको मत के हुन्छ ?

सांसद गगन थापा काठमाडौंबाहिर अलपत्र, अब विश्वासको मत के हुन्छ ?

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 9.3K
    SHARES

  • सांसद गगन थापा काठमाडौंबाहिर अलपत्र, अब विश्वासको मत के हुन्छ ?

    काठमाडौं – प्रतिनिधिसभा बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा काठमाडौंबाहिर अलपत्र परेका छन् ।

    विगत २ दिनदेखि पोखरामा रहेका नेता थापा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने थाहा पाएपछि स्थलमार्गबाट काठमाडौं जान लागेका थिए । तर तनहुँको दमौलीभन्दा अगाडि पहिरोका कारण सडक अवरुद्ध भएपछि नेता थापा अलपत्र परेका छन् ।

    पूर्व मन्त्री समेत रहेका सांसद थापालाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

    सांसद थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा समेत रहेका छन् । सांसद थापा पोखराबाट आईतबार बिहान ११ बजे काठमाडौं फर्किने तयारीमा रहेपनि मौसम खराबीका कारण उनले स्थलमार्ग प्रयोग गरेका थिए । तर स्थलमार्गमा समेत पहिरोले अवरोध गरेको छ ।

    सांसद थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर विश्वासको मत लिने प्रक्रियामा सहभागी गराउने प्रयास भइरहेपनि मौसमले कस्तो साथ दिन्छ भनेर परीक्षण भइरहेको छ ।

    नेपाली कांग्रेसका नेता रामजी कुँवरको स्मृतिसभा तथा पार्टीको विभिन्न कामका लागि सांसद थापा शनिवार बिहान पोखरा पुगेका थिए । काठमाडौंमा राजनीतिक सरगर्मी बढेका बेला सांसद थापा भने काठमाडौंबाहिर अलपत्र परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend