काठमाडौं - सर्वोच्च अदालतको आदेशबाट दोस्रोपटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । आज संघीय संसद्को दुवै अधिवेशन आह्वान भएको हो ।
बैठक अपराह्न ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई असार २८ गते अदालतले परमादेशमार्फत पुनःस्थापना गरिदिएको थियो ।
प्रतिनिधिसभा बैठकमा भाग लिन एमाले अध्यक्षसमेत रहेका ओली कुन मुखले जालान् भन्दै सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।
ओलीले सनकका भरमा दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए । पहिलोपटक पुनःस्थापित हुँदा पनि ओलीले प्रतिनिधिसभा बैठक छल्दै आएका थिए । तर, यसपटक भने उनलाई सजिलो छैन । आफ्नो पार्टीमा देखिएको किचलो एकातिर छ भने सत्ता गठबन्धन बलियो छ ।
यदि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन सके भने यो प्रतिनिधिसभा १७ महिना आरामले चल्ने छ । त्यही भएर सबैभन्दा सकसमा ओली देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।