आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारमा जान यी मन्त्रालयसहित ८ मन्त्रीमा जसपाको दाबी, यसरी सबैलाई भाग पुग्छ ?

सरकारमा जान यी मन्त्रालयसहित ८ मन्त्रीमा जसपाको दाबी, यसरी सबैलाई भाग पुग्छ ?

  • मिडिया डबली
  • शनिवार, श्रावण २ २०७८

  • 14.7K
    SHARES

  • सरकारमा जान यी मन्त्रालयसहित ८ मन्त्रीमा जसपाको दाबी, यसरी सबैलाई भाग पुग्छ ?

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले ८ मन्त्री नियुक्त हुनुपर्ने माग राखेको छ ।

    नेपालको संविधान अनुसार सरकारमा बढीमा २५ मन्त्री नियुक्त हुन पाउँछन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा छन् ।

    राजमोले सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको र एमालेको नेपाल पक्ष सरकारमा सहभागी हुने सम्भावना रहेकाले प्रधानमन्त्री देउवाले त्यसैअनुसार हिसाबकिताब मिलाइरहेका छन् । अगाडि मन्त्रालय बाँडफाँड गर्दा विवाद हुनसक्ने भएकाले देउवाले विश्वासको मत लिएपछि मात्रै मन्त्रालय बाँडफाँड गर्ने तयारी गरेका छन् ।

    सरकारमा सहभागी हुने दलमध्ये जसपाको यादव पक्ष सबैभन्दा कम सांसद रहेको दल हो । एमालेको नेपाल पक्षमा २३ सांसद देउवाको पक्षमा देखिएका छन् भने यादवसँग यति सांसद पनि छैनन् । यादवसँग १५–१८ सांसदहरू रहेका स्रोतले जनाएको छ ।

    थोरै सांसद भएको जसपाले ८ मन्त्री माग्दा अन्य दलको भागमा यति पनि नपुग्ने अवस्था छ । सरकारमा सबैभन्दा ठूलो दल कांग्रेस, त्यसपछि माओवादी र त्यसपछि एमालेको नेपाल पक्ष रहेको छ । जसपाको यादव पक्ष चौथो नम्बरमा छ । ४ दलबीच बराबर मन्त्रालय भागबण्डा गर्दा पनि ६ भन्दा बढी मन्त्री भागमा पर्दैनन् । झन् कम–बढी सांसद संख्याका आधारमा भागबण्डा गर्दा त जसपाको भागमा ३–४ मन्त्रालय मात्रै पर्छन् । तर जसपाले ८ मन्त्री मागेपछि सत्ता गठबन्धनभित्र विवाद पर्ने सम्भावना देखिएको छ ।

    जसपाको यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकले मन्त्रालयको भागबण्डा सँगसँगै संविधान संशोधन, नागरिकता विधेयक, मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइलाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने माग समेत गरेको छ ।

    जसपाभित्र बहुमत सांसद नेता यादवको पक्षमा रहेका शनिबारको बैठकबाट पुष्टि भएको स्रोतको दाबी छ । प्रतिनिधिसभा पुनःस्थापना र १४९ सांसदको समर्थन जुटाएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा जाँदा उपेन्द्र यादव पक्षमा जसपाका १२ सांसद मात्रै रहेका थिए ।

    सर्वोच्च अदालतले असार २८ गतेमा संसद पुनःस्थापना गर्दैै नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाएपछि ५ जना सांसदले अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष छाडेर यादवतिर आएका छन् ।

    पछिल्लो समय सांसदहरू प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानीले ठाकुर पक्ष छाडेर यादव पक्षमा लागेका जनाइएको छ । जसपाका थप सांसदहरू पनि आफ्नो पक्षमा आउने र २० सांसद पुग्ने यादव पक्षका सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले दाबी गरे ।

    आज शनिबारको बैठकमा सरकारमा पार्टीको सहभागिता र सम्भावित मन्त्रालयबारे छलफल भएको छ । सरकारको नेतृत्व गरेको कांग्रेसले गृह तथा माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफूले पाउनुपर्ने जसपा यादव पक्षको अडान रहेको छ । श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमिसुधार तथा सहकारी, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र लगायतका मन्त्रालयको समुचित बाँडफाँड हुनुपर्ने आवाज बैठकमा उठेको छ ।

    मन्त्रालय भागबण्डा र सरकारको न्यूनतम साझा कार्यक्रम बनेपछि सरकारमा जाने समझदारी बनेको पूर्वमन्त्री राईले जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend