आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारलाई दीगो बनाउन शशांक, शेखर र सुजाताबीच यस्तो सहमति

देउवा सरकारलाई दीगो बनाउन शशांक, शेखर र सुजाताबीच यस्तो सहमति

  • मिडिया डबली
  • शनिवार, श्रावण २ २०७८

  • 10.0K
    SHARES

  • देउवा सरकारलाई दीगो बनाउन शशांक, शेखर र सुजाताबीच यस्तो सहमति

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दीगो बनाउन कोइराला परिवारका ३ नेताबीच सहमति भएको छ ।

    शनिवार महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको घरमा भएको छलफलमा डा. शशांक, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेत्री सुजाता कोइरालाबीच देउवा सरकारलाई विश्वासको मत दिलाउनेबारे सहमति भएको हो ।

    केन्द्रीय सदय डा. शेखर कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कसरी विश्वासको मत दिलाउने भन्ने विषयमा बैठकमा छलफल भएको थियो । सरकारलाई विश्वासको मत दिलाउन विभिन्न विकल्पमा छलफल भएको छ । त्यसका लागि सक्रिय भएर लाग्ने निर्णय तीनै नेताहरूले गरेका छन् ।

    नेताहरूबीच राष्ट्रिय राजनीति, सरकारलाई विश्वासको मत दिलाउने र पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल भएको थपलियाले जानकारी दिए ।

    राष्ट्रिय राजनीतिलाई कांग्रेसको नेतृत्वमा अगाडि बढाउँदै महाधिवेशनलाई सफल बनाउने विषयमा छलफल भएको छ । १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि उम्मेदवार चयन र अहिले देखिएको क्रियाशील सदस्यता विवादको विषयमा समेत तीनै नेताबीच छलफल भएको छ ।  

    आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयनको विषयमा नेताहरूले छलफल गरेका छन् । कोइराला परिवारबाट शशांक र शेखर कोइरालाले नेतृत्व दाबी गर्दै आएका छन् । दुबै नेताले तयारी तीब्र बनाइरहेका बेला सुजाता कोइरालाले सहमति गरेर अगाडि बढ्ने प्रस्ताव गरेकी छन् । सहमति गरेर अगाडि बढ्नुपर्ने र नभए आफूले पनि दाबी गर्ने सुजाताले बताएकी छन् । 

    कांग्रेसको संस्थापनइतर पक्षबाट दर्जन बढी नेताले सभापति पदका लागि आकांक्षा देखाउँदा कोइराला परिवारबाट डा. शशांक र डा. शेखरले दाबी प्रस्तुत गरेका छन् । शशांक र शेखरले सभापतिको दाबीबाट पछाडि नहट्ने अडान लिइरहेका छन् ।

    सभापति देउवाले पुनः पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछि विपक्षी गठबन्धन एक भएर अगाडि बढ्नुपर्नेमा एकमत रहेको छ । तर साझा उम्मेदवार कसलाई बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन ।

    सभापति देउवाले दोहोरिने घोषणा गरेपछि संस्थापन पक्षकै उपसभापति बिमलेन्द्र निधिले समेत दाबी प्रस्तुत गरेका छन् । निधिले सभापतिमा दाबी गरेपछि निधिसँगै डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच पटक–पटक सामूहिक छलफल भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend