काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा कोइराला परिवारका ३ जना शीर्ष नेता शनिबार एकैठाउँमा भेला भएका छन् ।
महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेत्री सुजाता कोइराला एकजुट भएका छन् ।
भेलामा कांग्रेस महाधिवेशनमा केन्द्रित भएर कुराकानी भइरहेको डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
कांग्रेसमा संस्थापन इतर पक्षबाट महाधिवेशनमा एकैजना उम्मेदवार बनाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।
कोइराला परिवारबाट शशांक र शेखर सभापति उठ्न खोजिरहेका छन् । दुवै बलियो दाबेदारको रुपमा समेत देखिएका छन् । आगामी महाधिवेशनमा दुबैले एकअर्काको साथ खोजिरहेका बेला भएको जमघटलाई चासोका साथ हेरिएको छ ।
केन्द्रीय सदस्य शेखर यसपालि जुनसुकै अवस्थामा पनि सभापति पदको उम्मेदवार बन्ने तयारीमा छन् । अघिल्लो महाधिवेशनमा महामन्त्री पदका लागि शशांकको बाटो खोलिदिएका शेखरले यसपालि आफूले सहयोग पाउने आशा गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।