सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

केपी ओलीका गल्ती सुधार्न देउवालाई खबरदारी !

केपी ओलीका गल्ती सुधार्न देउवालाई खबरदारी !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १ २०७८

  • 5.8K
    SHARES

  • केपी ओलीका गल्ती सुधार्न देउवालाई खबरदारी !

    काठमाडौं – ५ दलआवद्ध सत्तारूढ गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाव दिएको छ ।

    प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहभागी नेताहरुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएका गल्ती सच्याउँदै अघि बढ्न प्रधानमन्त्री देउवालाई सुझाव दिए ।

    बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले जनजीविकाका सवालमा गर्नुपर्ने थुप्रै काम नगरेको र नगर्नु पर्ने काम गरेकाले त्यसलाई सुधार्नु सरकारको पहिलो दायित्व भएको सुझाव दिएका छन् ।

    ‘ओली सरकारले जनताका कुरा कम सुन्ने र समस्यामा कम ध्यान दिने गरेर जनताबाटै तिरस्कृत भइसकेको थियो अब विगतमा भएका गल्ती सुधार्नैपर्छ र नयाँ गल्ती पनि थपिनुहुन्न,’ प्रचण्डले प्रधानमन्त्री देउवालाई गठबन्धन आवद्ध दलको बैठकमा भने ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत पूर्व प्रधानमन्त्री ओलीबाट भएका विगतका गल्ती सच्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरिएको बताएका छन् ।

    यादवले भने, ‘केपी शर्मा ओलीबाट जुन गल्ती भए, ती गल्ती सच्याउँदै जानुहोस् र थप गल्ती नगर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौं ।’

    सत्तारुढ गठबन्धन बैठकमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण, खोपको व्यवस्थापन, मन्त्रालय बाँडफाँड र सरकार विस्तार, संसद् सञ्चालन, सरकारले संसद्बाट लिनुपर्ने विश्वासको मत, उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण, विपद्बाट भएका र हुनसक्ने सम्भावित क्षति र पूर्व तयारी लगायतका विषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

    विपक्षी गठबन्धन हुँदै सरकार गठनसम्मको अवस्थासम्म आइपुग्दाको गम्भीर समीक्षा भएको खड्काले जानकारी दिए । ‘बैठकमा विपक्षी गठबन्धन हुँदै सरकार गठनसम्मको अवस्थासम्म आइपुग्दाको गम्भीर समीक्षा भयो, यस्तै कोरोना महामारी र रोकथाम तथा नियन्त्रणसहित समग्र राजनीतिक अवस्थाका विषयमा छलफल भयो,’ कांग्रेस महामन्त्री खड्काले भने ।

    बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष यादव, नेकपा एमालेका नेता विजय पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

    सभापति देउवा प्रधानमन्त्री बनेपछि बसेको पहिलो सत्ता गठबन्धन बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएका थिएनन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend