सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सत्तारुढ गठबन्धनमा ‘हिरो’ बन्न खोज्दै प्रचण्ड, प्रधानमन्त्री देउवा मौन !

सत्तारुढ गठबन्धनमा ‘हिरो’ बन्न खोज्दै प्रचण्ड, प्रधानमन्त्री देउवा मौन !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १ २०७८

  • 6.4K
    SHARES

  • सत्तारुढ गठबन्धनमा ‘हिरो’ बन्न खोज्दै प्रचण्ड, प्रधानमन्त्री देउवा मौन !

    काठमाडौं – गत निर्वाचनमा वाम गठबन्धन गरेर जितेपछि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेर सरकार बनाए । जनतालाई ठूल्ठूला आशा देखाए ।

    अध्यक्ष ओली प्रधानमन्त्री बनेपछि अर्का अध्यक्ष प्रचण्डले आफूलाई सरकारलाई सुझाव दिने उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व दिन पटक–पटक आग्रह गरे । तर ओलीले वास्ता गरेनन् । ओलीले प्रचण्डका अरु कुरामा पनि वास्ता गर्न छाडेपछि विवाद बढ्दै गएर प्रचण्ड ओलीविरुद्ध खुलेरै लागे ।

    ओली–प्रचण्ड विवादकै परिणाम ओलीले सत्ताबाट बाहिरिनुपरेको छ । प्रचण्डले ओलीलाई चलाउन नसकेपछि विवाद देखिएको सर्वविदितै छ ।

    यतिबेला प्रचण्डकै सहयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

    गठबन्धनबाटै देउवा प्रधानमन्त्री बनिसकेपछि प्रचण्डले आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुन खोजिरहेका छन् । यसबारे बिहीबार सिंहदरबारमा बसेको गठबन्धनको बैठकमा प्रचण्डले प्रस्ताव गरेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर देउवा सरकारलाई सुझाव दिँदै चलाउने र आफू ‘हिरो’ पल्टिने प्रचण्डको रणनीति रहेको स्रोतको दाबी छ ।

    प्रचण्डको प्रस्तावबारे प्रधानमन्त्री देउवाले स्पष्ट जवाफ दिएका छैनन् । बरु देउवा मौन रहेका छन् । तर प्रचण्डले भने एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनभित्रै आफ्नो पक्षमा पारेर आफू संयन्त्रको संयोजक बन्ने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनभित्र देउवालाई एक्ल्याउने खेलमा प्रचण्ड लागिसकेका स्रोतको दाबी छ । देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि नै उच्चस्तरीय राजनीतिक संयन्त्रबारे निर्णय हुनुपर्ने सुझाव प्रचण्डले देउवालाई दिएका स्रोतले जनाएको छ ।

    देउवा नेतृत्वमा सरकार गठन भएपछि बिहीबार गठबन्धनको बैठक बसेको छ । बैठकमा एमाले नेता नेपाल सहभागी भएका थिएनन्, नेपालले प्रतिनिधिका रूपमा डा. विजय पौडेललाई सिंहदरबार पठाएका थिए ।

    बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमाले नेता नेपाल पक्षका नेता डा. पौडेलको सहभागिता रहेको थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend