काठमाडौं – निवर्तमान कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा अचाक्ली मूल्यवृद्धि हुने गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मूल्य घटाइएको छ ।
देउवा सरकार बनेको भोलिपल्टै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । बुधवार मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँका दरले मूल्य घटाएको छ ।
ओली सरकार हुँदा गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेलमा समान प्रतिलिटर २/२ रुपैयाँका दरले बढाएको थियो भने खाना पकाउने एलपी ग्यासको मूल्य समेत अधिकतम प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको थियो । त्यसअघि समेत ओली सरकार हुँदा मूल्य बढ्दै आएको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि विभिन्न ५ विद्यार्थी संगठनले विरोधसहित निगममा ज्ञापनपत्र बुझाएका थिए । विद्यार्थीले आन्दोलन समेत गर्दै आएका थिए ।
विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै निगमको बुधवार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।
मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ रूपैयाँ, डिजेल र मट्टितेलको १११ रूपैयाँ प्रतिलिटरमा कारोबार हुने भएको छ ।
देउवा सरकार बनेको भोलिपल्टै मूल्य घटेपछि देशभरका जनताले खुसी भएका छन् ।
पढ्नुहोस् प्रेस विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।