आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विशेष अदालतबाट १० लाख धरौटीमा छुटे विजयकुमार गच्छदार

विशेष अदालतबाट १० लाख धरौटीमा छुटे विजयकुमार गच्छदार

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 8.4K
    SHARES

  • विशेष अदालतबाट १० लाख धरौटीमा छुटे विजयकुमार गच्छदार

    काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दामा १० लाख धरौटीमा रिहा भएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।

    विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा धरौटीमा छाड्न आदेश भएको छ ।
    गच्छदार पक्षका अधिवक्ताहरूले बहसका क्रममा उनलाई थुनामा पठाउन नमिल्ने तर्क राखेका थिए । थुनछेकमा उपसभापति गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, महादेव यादव र कृष्ण सापकोटा तथा अधिवक्ताहरु ललित बस्नेत र मधुकृष्ण पाठकले बहस गरेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि यसअघि नै अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो । अदालतको आदेश अनुसार गच्छदार बुधबार अदालतमा हाजिर भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend