आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेससँग निहुँ खोज्ने एमाले सांसदलाई ठेगान लगाउन गण्डकीमा ‘मार्सल’ परिचालन

कांग्रेससँग निहुँ खोज्ने एमाले सांसदलाई ठेगान लगाउन गण्डकीमा ‘मार्सल’ परिचालन

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 6.1K
    SHARES

  • कांग्रेससँग निहुँ खोज्ने एमाले सांसदलाई ठेगान लगाउन गण्डकीमा ‘मार्सल’ परिचालन

    काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री रहेको गण्डकी प्रदेश सरकारले ल्याएको बजेटसँग निहुँ खोजिरहेका नेकपा एमालेका सांसदलाई प्रदेश सभाभित्र ‘मार्सल’ परिचालन गरेर ठेगान लगाइएको छ ।

    एमालेलाई ठेगान लगाएर कांग्रेस नेतृत्वको गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको बजेट पारित भएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निहुँ खोजेर विरोध गरेपनि सदनबाट विनियोजित विधेयक पारित भएको छ । प्रदेशसभा बैठकमा एमाले सांसदहरुले नाराबाजी गर्दै विरोध गरेका थिए ।

    सदनमा विनियोजन विधेयक पेश भएपछि नाराबाजी हुँदा मार्सल परिचालन भएपछि एमाले सांसदहरु बैठकबाट बाहिरिएका थिए ।  

    तत्काली मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रम काटिएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएपनि सुनुवाइ नभएको एमालेको गुनासो छ ।

    एमालेले दिएको ध्यानाकर्षण पत्रमा उल्लेखित बुँदामा वैधानिक सम्बोधन नहुँदासम्म प्रदेशसभा सञ्चालन गर्न नदिने एमालेको अडान थियो । तर मार्सल परिचालन गरेर बजेट पारित गरिएको छ ।

    बजेट पारित भएपछि सभामुख सभामुख नेत्रनाथ अधिकारीले सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend