आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री देउवा अकस्मात किन पुगे माधव नेपालको घर ?

प्रधानमन्त्री देउवा अकस्मात किन पुगे माधव नेपालको घर ?

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 9.7K
    SHARES

  • प्रधानमन्त्री देउवा अकस्मात किन पुगे माधव नेपालको घर ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

    आज बुधवार प्रधानमन्त्री देउवा अकस्मात कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका छन् ।

    हालसम्म प्रधानमन्त्रीका लागि समर्थन गरेकोमा धन्यवाद दिन र विश्वासको मत माग्नका लागि प्रधानमन्त्री देउवा अकस्मत नेता नेपालको निवास पुगेका स्रोतले जनाएको छ ।

    अन्य नेताले प्रधानमन्त्रीलाई भेट्न चलन भएपनि प्रधानमन्त्री नै नेताको घरमा पुगेका घटना बिरलै हुने गरेका छन् । देउवाले नेपाललाई भेट्न पुग्नुलाई महत्त्वका साथ हेरिएको छ ।

    बुधबारै सरकारी निवास बालुवाटार छाड्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई एमालेमा ठाउँ नभएको आक्रोश व्यक्त गरेका थिए । नेता नेपालकै कारण ओली पदमुक्त भएकाले ओली पक्षभित्र आक्रोश रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend