आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै अख्तियारको मुद्दामा अदालत पुगे उपसभापति गच्छदार

देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै अख्तियारको मुद्दामा अदालत पुगे उपसभापति गच्छदार

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 7.0K
    SHARES

  • देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै अख्तियारको मुद्दामा अदालत पुगे उपसभापति गच्छदार

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै उपसभापति विजयकुमार गच्छार काठमाडौं विशेष अदालतमा पुगेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका सिलसिलामा गच्छदार अदालत पुगेका हुन् । मंगलबार देउवाले प्रधानमन्त्रीको शपथ लिएको भोलिपल्टै गच्छदार अदालतमा उपस्थित भएका छन् ।

    बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा अख्तियारले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि अदालतले उपस्थित हुन आदेश दिएको थियो ।

    आज बुधबार गच्छदार विशेष अदालतमा पुगेका छन् । अख्तियारले २०७६ माघ २२ गते उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अदालतमा पुगेका गच्छदारको बयान सुरु भएको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend