सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सरकारले पूर्णता नपाउँदै कांग्रेस–माओवादीबीच संघर्ष, प्रचण्डको बेइमानीको बदला लिँदै देउवा

सरकारले पूर्णता नपाउँदै कांग्रेस–माओवादीबीच संघर्ष, प्रचण्डको बेइमानीको बदला लिँदै देउवा

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 8.4K
    SHARES

  • सरकारले पूर्णता नपाउँदै कांग्रेस–माओवादीबीच संघर्ष, प्रचण्डको बेइमानीको बदला लिँदै देउवा

    काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशताविरुद्ध संघर्षका क्रममा एकठाउँमा आएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । तर सरकार गठनका सन्दर्भमा कांग्रेस र माओवादीबीच संघर्ष देखिएको छ ।

    देउवा सरकारमा रहेका प्रभावशाली मन्त्रालयहरू कुन पार्टीले लिने भन्ने विषयमा दुवै पार्टीबीच संघर्ष देखिएको छ । माओवादी पार्टीको निर्णय अनुसार अधिकार बोकेर सरकार गठनका विषयमा वार्ता गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवाबीच संघर्ष देखिएको हो ।

    प्रचण्डले देउवासँग गृह मन्त्रालय र अर्थ मन्त्रालय माओवादी पार्टीले नै पाउनुपर्ने अडान राखेका थिए । तर देउवाले गृह मन्त्रालय माओवादीलाई दिएनन् । सरकारमा प्रधानमन्त्रीपछि गृह मन्त्रालयलाई शक्तिशाली मानिन्छ । प्रधानमन्त्री बनेका देउवाले दोस्रो शक्तिशाली मन्त्रालय गृह समेत राखेर माओवादीलाई पेलेका छन् ।

    देउवाले माओवादीलाई गृह मन्त्रालय नदिनुको पछाडि गत निर्वाचनका बेला गरेको बेइमानीलाई कारण मान्न सकिने स्रोतले जनाएको छ । स्थानीय तह निर्वाचनमा कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीच तालमेल भएको र कांग्रेससँगै सरकारमा रहेका बेला प्रचण्डले धोका दिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वाम गठबन्धन गरेका थिए । जसका कारण निर्वाचनमा कांग्रेस पराजित हुनुपरेको थियो ।

    सरकारमा जान देउवाले माओवादी केन्द्रको साथ लिएपनि ४ वर्षअघि कांगे्रस नेतृत्वकै सरकारमा रहेर माओवादीले गरेको व्यवहार बिर्सन नसकिने कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस नेतृत्वको सरकारमा रहेर माओवादी केन्द्रले ओलीसँग चुनावी तालमेल गरेका कारण कांग्रेसले निर्वाचनमा हार्नुपरेको गुनासो पटक–पटक सभापति देउवाले गर्दै आएका थिए ।

    प्रचण्डले त्यतिबेला गरेको राजनीतिक बेइमानीका कारण देउवाले माओवादीलाई गृह मन्त्रालय नदिएको स्रोतको दाबी छ । प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल अत्यन्तै निकट भएकाले अझै पनि प्रचण्ड जुनसुकै बेला पनि एमालेसँग मिल्न सक्नेमा देउवा सचेत रहेका स्रोतको दाबी छ ।

    पुरानो घटनाका कारण अझै पनि मन्त्रिपरिषद् विस्तारका क्रममा प्रचण्ड र देउवाबीच संघर्ष हुने देखिएको छ । देउवाले माओवादीलाई अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा दिइसकेका छन् ।

    प्रचण्डले धेरै भाग खोज्ने र स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्तिका कारण देउवासँग पनि विवाद हुनसक्ने विश्लेषण भइरहेको छ । ओलीसँग पनि स्वार्थ खोज्दा नै प्रचण्डको विवाद भएको बताइन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend