सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रधानमन्त्री बनाउने ‘किङमेकर’ प्रचण्ड

प्रधानमन्त्री बनाउने ‘किङमेकर’ प्रचण्ड

  • मिडिया डबली
  • मंगलवार, आषाढ २९ २०७८

  • 5.4K
    SHARES

  • प्रधानमन्त्री बनाउने ‘किङमेकर’ प्रचण्ड

    काठमाडौं - देशमा पछिल्लो आधा दशक एमाले अध्यक्ष केपी ओली केन्द्रमा रहे । पहिलो पटक प्रधानमन्त्री बन्दा नौ महिनासम्म ओली हाईहाई भए । तर, दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओली हिरोबाट एकाएक जिरोमा आइपुगे ।

    देशमा अहिलेसम्म कम्युनिस्ट पार्टीबाट ६ जना प्रधानमन्त्री बनेका छन् । मनमोहन अधिकारी, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई र केपी ओली कम्युनिस्ट प्रधानमन्त्री हुन् । मनमोहन अधिकारीबाहेक सबैजनालाई प्रधानमन्त्री बनाउने किङमेकर भने प्रचण्ड हुन् ।

    पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड सामान्य बहुमतको प्रधानमन्त्री बने । एकलौटी सरकार चलाए । त्यसबेला माओवादीले प्रत्यक्षतर्फ दुई सय ४० सिटमा एक सय २० सिट जितेको थियो । तर, संविधानसभाबाट संविधान बनेन । उनले एक वर्ष पनि सरकार चलाउन सकेनन् । सेनापति काण्डमा उनले प्रधानमन्त्रीबाट राजीनामा दिए ।

    आफूपछि उनले एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाए । त्यो सरकार पनि नौ महिना टिकेन । अहिलेका प्रधानमन्त्री ओलीलगायतको असहयोगले खनाल सरकार ढल्यो । 

    खनालपछि एमाले नेता माधवकुमार नेपाललाई प्रचण्डले प्रधानमन्त्री बनाए । सुरुमा माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका माधव पछि माओवादीकै तारो बन्यो । माधवलाई प्रधानमन्त्री बनाउन प्रचण्डको प्रमुख भूमिका थियो । माधव नेपाल १८ महिना प्रधानमन्त्री बने । 

    दोस्रो संविधानसभा निर्वाचनअघि माओवादीबाटै डा.बाबुराम भट्टराई प्रधानमन्त्री बने । उनलाई प्रचण्डले नै प्रधानमन्त्री बनाएका हुन् । दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बने । उनकै पालामा संविधान बन्यो । संविधान जारी भएलगत्तै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाए । तर, ओलीसँग प्रचण्डको सम्बन्ध बिग्रियो ।

    प्रचण्ड कांग्रेसको सहयोगमा प्रधानमन्त्री बने । स्थानीय तहको निर्वाचन सुरु भयो । प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री छाडे । देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराए ।

    यसबीचमा ओली र प्रचण्डको सम्बन्ध कसिलो बन्यो । चुनावमा वाम एकता भयो । प्रचण्डकै सहयोगमा ओली दोस्रोपटक प्रधानमन्त्री बने । तर, साढे दुई वर्षपछि ओली र प्रचण्डबीच तिक्तता सुरु भयो । ओलीले प्रचण्डलाई प्रधानमन्त्री छाड्न मानेनन् । भद्र सहमतिको उल्लंघन गरे । अहिले साढे तीन वर्षपछि प्रचण्डले ओलीलाई सडकमा पुर्याइदिएका छन् । त्यसैले नेपालमा ओली होइन, प्रधानमन्त्री बनाउने किङमेकर चाहिँ प्रचण्ड नै हुन् भन्ने पुष्टि हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend