आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला, एमाले सांसदले देउवालाई विश्वासको मत दिन पाइने

धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला, एमाले सांसदले देउवालाई विश्वासको मत दिन पाइने

  • मिडिया डबली
  • सोमवार, आषाढ २८ २०७८

  • 8.1K
    SHARES

  • धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला, एमाले सांसदले देउवालाई विश्वासको मत दिन पाइने

    काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत सांसदहरू रिट निवेदक रहेको मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा लामो समय सुनुवाइपछि सोमबार फैसला सुनाइएको हो ।

    नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रक्रियामा दलीय ह्वीप नलाग्ने फैसला सर्वाेच्चले गरेको छ । अब नेकपा एमालेका सांसदले देउवालाई विश्वासको मत समेत दिन पाउने भएका छन् । देउवा अब ढुक्क प्रधानमन्त्री बन्न पाउने देखिएको छ ।

    सर्वाेच्चले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गरिएको छ । सर्वाेच्चले देउवाको माग अनुसार पक्षमा फैसला गरेको छ । यससँगै प्रधानमन्त्री ओलीलाई ठूलो झड्का लागेको छ भने कांग्रेसमा खुसीयाली छाएको छ ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई रहेका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend