काठमाडौं – नेकपा एमालेमा विवाद चर्किएर लामो समयदेखि सहमतिको प्रयास भइरहेको छ । तर सहमति जुट्न सकेको छैन ।
पार्टीमा विवाद कायमै रहेका बेला एमाले नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको चिन्ता गर्न थालेका छन् ।
एमाले नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै कांग्रेसको चिन्ता गरेका हुन् ।
बाँस्कोटाले लेखेका छन्, ‘कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढ वर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन् । त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा हुँदैन रे । देउवा पनि सभापति नबन्ने रे ! सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त ? रामचन्द्रज्यूलाई जहिल्यै सकस !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।