आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेल पक्षको भेलामा भयो सहमति, सभापति देउवालाई झड्का !

रामचन्द्र पौडेल पक्षको भेलामा भयो सहमति, सभापति देउवालाई झड्का !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २५ २०७८

  • 12.4K
    SHARES

  • रामचन्द्र पौडेल पक्षको भेलामा भयो सहमति, सभापति देउवालाई झड्का !

    काठमाडौं – नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनबाट सभापतिमा दाबी गरिरहेका सभापति शेरबहादुर देउवा पक्ष बाहेकका नेताहरूबीच सभापति पदमा १ जना मात्र उम्मेदवार दिने सहमति जुटेको छ ।

    शुक्रबार काठमाडौंमा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरूको बैठकले १ जनाको मात्रै उम्मेदवारी दिने सहमति भएको छ ।

    एकल उम्मेदवारी दिने सहमति भएपनि को उम्मेदवार हुने भन्ने विषयमा सहमति जुट्न सकेन ।

    बैठकपछि सभापतिमा उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता डा. शेखर कोइरालाले एउटा उम्मेदवार दिने सहमति भएको जानकारी दिए ।

    उनले भने, ‘निचोड निस्किएको छैन तर हामी एउटा उम्मेदवार दिन्छौं । हामी एक ठाउँमा छौं । बैठक सकारात्मक छ । एउटै उम्मेदवार दिनेमा द्विविधा छैन । आज म पछि हट्छु भनेर कसैले भन्नुभएको छैन । को बन्ने भन्नेमा सहमति बन्न सकेको छैन । एउटा उम्मेदवार दिन्छौं भन्ने चाहिँ सहमति भएको छ ।’

    सभापतिमै उम्मेदवारी दिने बताएका नेता प्रकाशमान सिंहले साझा उम्मेदवार दिने विषयमा छलफल केन्द्रित रहेको र एउटालाई अरुले छाड्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

    उनले भने, ‘उम्मेदवारी दाबी गर्नेहरूबीच एकअर्कामा वान टु वान संवाद पनि गर्छौं । यताबाट साझा उम्मेदवार दिने कुरामा सहमति छ ।’

    नेता अर्जुननरसिंह केसीको पहलमा भएको बैठकमा सभापतिको दाबी गर्ने संस्थापनइतरका नेताहरू सहभागी रहेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरू कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, सुजाता कोइराला लगायत बैठकमा सहभागी रहेका थिए ।

    सभापतिमा दाबी नगरेका नेता बलबहादुर केसी समेत बैठकमा सहभागी भएका थिए । नेता केसीले सकभर साझा उम्मेदवार दिनुपर्ने भन्दै भेला गरेका थिए । साझा उम्मेदवार नभए आफूले समेत सभापति पदमै उम्मेदवारी दिने केसीले जनाएका छन् । पौडेल पक्षमा भएको सहमति अनुसार एकै उम्मेदवार मात्र भएमा सभापति देउवालाई आसन्न महाधिवेशनमा झड्का लाग्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend