काठमाडौं – महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसमा सभापति पदका लागि एकै उम्मेदवार बनाउन संस्थापनइतर पक्षका नेताहरूबीच रस्साकस्सी चलेको छ ।
नेता अर्जुननरसिंह केसीले संस्थापन इतरपक्षका ६ नेताहरूलाई भेला गरेर आफूसहित ७ जनाबीच सहमतिको कोसिस गराउँदैछन् ।
शुक्रबार नेता केसीले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला र नेत्री सुजाता कोइरालालाई बैठकमा बोलाएका छन् ।
संस्थापनइतर पक्षबाट साझा उम्मेदवार एकै जना मात्र उठाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । एकै उम्मेदवार दिन नसक्ने अवस्था भएमा आफूले समेत सभापति पदको उम्मेदवार रहेको स्पष्ट सन्देश केसीले दिन खोजेका छन् ।
सर्वसम्मत एउटा उम्मेदवार उठाउन नसके शीर्ष नेताहरू सल्लाहकार समितिको रुपमा रहेर अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्नेमा केसीको जोड रहेको छ । बैठक अपराह्न ४ बजेपछि बसुन्धरास्थित दियालो फूडल्यान्डमा बस्ने तयारी छ ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधिबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।