आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले संसदमा मच्चायो हंगामा, कामकाज ठप्प !

एमालेले संसदमा मच्चायो हंगामा, कामकाज ठप्प !

  • मिडिया डबली
  • बिहिवार, आषाढ २४ २०७८

  • 8.9K
    SHARES

  • एमालेले संसदमा मच्चायो हंगामा, कामकाज ठप्प !

    काठमाडौं – नेकपा एमालेको लगातारको अवरोधका कारण लामो समयदेखि प्रभावित हुँदै आएको कर्णाली प्रदेशसभा बैठक बिहीबार समेत अवरुद्ध भएको छ ।

    एमालेको अवरोधका कारण बिहीवारको प्रदेशसभा संसद् बैठक समेत चल्न नसकेपछि स्थगित भएको छ ।

    बिहीवारसहित एमालेका कारण असार लागेयता हालसम्म ७ वटा बैठक स्थगित भएका छन् । संसद्् बैठक चल्न नसकेपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चित भएको छ ।

    असार १ गते प्रदेश सरकारले संसद्मा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेको थियो । तर संसद् बैठक चल्न नसक्दा बजेटमाथि हालसम्म छलफल हुन सकेको छैन ।

    असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यता रहेको छ । तर सरकार र एमालेबीच सहमति जुट्न नसक्दा बजेटमाथिको छलफल सुरू नै हुन सकेको छैन । एमालेले आफ्ना मागको सुनुवाइ नहुँदासम्म संसद् बैठक चल्न नदिने अडान लिँदै आएको छ ।

    एमालेको चट्टानी अडानका कारण संसद् बैठक लगातार अवरुद्ध हुँदै आएको छ ।

    एमालेले बहुमतमाथि अल्पमतले शासन गरेको र संविधानविपरीत सरकार सञ्चालन भइरहेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ । कर्णालीको संसद्मा हाल ३९ जना सांसद रहेका छन् । जसमा एमालेको एकल बहुमत रहेको छ । अर्थात् एमालेका सभामुखसहित २० सांसदसहित बहुमत रहेको छ । तर एकल बहुमत हुँदा पनि एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्न सकिरहेको छैन । बरु एमाले सांसदहरू नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र नेता माधवकुमार नेपाल पक्षबीच कर्णालीमा विवाद रहेको छ । विवादका हाल नेपाल पक्षका ३ सांसद सरकारमा सहभागी भएका छन् ।

    एमालेका सांसदहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दबहादुर सिंहले मन्त्रीबाट राजीनामा दिए मात्र संसद् चल्न दिने एमालेको अडान रहेको छ । 

    नेपाल पक्ष सरकारमा सहभागी भए पनि कर्णालीमा एमाले प्रतिपक्षमा रहेको छ । बिहीवारको संसद् बैठकमा एमाले सांसद दल रावलले भने, ‘कर्णालीमा संविधान विपरीतको काम भएको छ, अल्पमतले बहुमतमाथि शासन गर्नु लोकतन्त्रकै उपहास हो । संसद्मा एमालेको एकल बहुमत छ, एउटै पार्टी सत्तापक्ष र प्रतिपक्ष हुन सक्दैन ।’

    संविधान विपरीत भएको काम नसच्याएसम्म एमालेले संसद् चल्न नदिने उनले बताए । रावलले बोलेलगत्तै एमालेका सांसदहरूले बैठकमा उभिएर अवरोध गरे । त्यसपछि सभामुख राजबहादुर शाहीले आईतवार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

    एउटै पार्टी सत्ता र प्रतिपक्षमा बसेका कारण चुलिएको एमाले भित्रको विवादले संसद् नै चल्न सकेको छेन । एमालेकै विवादका कारण असार १ गतेयता संसद् बैठक चल्न नसकेको हो । बैठक नै चल्न नसकेपछि बजेट पारित हुनेमा आशंका बढ्दै गएको छ ।

    गत बैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा ‘फ्लोर क्रस’ गरेर एमालेको नेपाल पक्षका सांसदले विश्वासको मत प्रदान गरेका थिए । त्यसपछि फ्लोर क्रस गरेका नेपाल पक्षका ३ जना सांसद हाल मन्त्री बनेका छन् । एमालेको संसद्ीय दलले उनीहरूलाई सरकारबाट फिर्ता हुन समेत निर्देशन दिएको छ । तर ती मन्त्रीहरूले सरकार नछाड्ने अडान लिएका छन् ।

    हाल कर्णाली प्रदेशमा माओवादी, कांग्रेस र एमालेको नेपाल पक्षको समर्थनमा सरकार रहेको छ । तर एमालले आफ्ना सांसद चोरेर सरकार चलिरहेको र अल्पमतले बहुमतमाथि शासन गरिरहेको भन्दै विरोध गरेको छ । संसद्मा हाल कायम रहेका ३९ सांसदमध्ये एमालेका सभामुखसहित २० सांसद रहेका छन् ।

    माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद रहेका छन् । कर्णालीमा एमाले एक हुँदा अरु दलले सरकार गठन गर्न सक्ने अवस्था रहेको छैन । तर आफैं विभाजित हुँदा एमालेले आफ्नो एकल सरकार गठन गर्न सकिरहेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend