सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

चीनले हेप्यो नेपालका कम्युनिस्ट नेतालाई, भर्चुअल संवादमा बोल्ने मौकासमेत दिइएन

चीनले हेप्यो नेपालका कम्युनिस्ट नेतालाई, भर्चुअल संवादमा बोल्ने मौकासमेत दिइएन

  • मिडिया डबली
  • बुधवार, आषाढ २३ २०७८

  • 13.1K
    SHARES

  • चीनले हेप्यो नेपालका कम्युनिस्ट नेतालाई, भर्चुअल संवादमा बोल्ने मौकासमेत दिइएन

    काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) स्थापनाको सय वर्ष पुगेको अवसरमा मंगलबार ‘विश्व सम्मेलन’ आयोजना गरिएको थियो ।

    विश्व राजनीतिक सम्मेलनमा एक सय ६० राजनीतिक दलका शीर्ष नेता एवं करिब दश हजार प्रतिनिधि भर्चुअल माध्यममा एकैसाथ सहभागी थिए ।

    नेपालका राजनीतिक दललाई पठाइएको निमन्त्रणामा बोल्ने मौका दिने उल्लेख थियो । तर, पछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मात्र सम्बोधन गर्ने बताइयो । तर, सम्मेलन अवधिभर नेपालका नेताहरू दर्शक मात्र भए ।

    कसैले सम्बोधन गर्न पाएनन् । सम्बोधन गर्ने अवसर नपाएपछि एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपाका शीर्ष नेताले भिडियो सन्देश पठाएका छन् ।

    नेपाली नेताहरूको भिडियो सम्बोधन चिनियाँ कम्युनिस्ट पार्टीले वेबसाइटमा राख्ने बताएको छ । सम्मेलनको सुरुमा चिनियाँ राष्ट्रपति सी जिन पिङले प्रमुख वक्ताको हैसियतमा सम्बोधन गरेका थिए ।

    त्यसपछि दक्षिण अफ्रिका, क्युबा, बोलिभिया, प्यालेस्टाइन, मोरक्को, भियतनामलगायतका नेताले सम्बोधन गर्ने अवसर पाएका थिए । दक्षिण एसियाबाट पाकिस्तानका प्रधानमन्त्री इमरान खान र श्रीलंकाका प्रधानमन्त्री महिदा राजापाक्षेले मात्रै सम्मेलनमा बोल्ने अवसर पाए ।

    भर्चुअल सम्मेलनमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेताहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, कांग्रेसबाट सहमहामन्त्री डा.प्रकाशशरण महत र डा.नारायण खड्का, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, देवेन्द्र पौडेल, वर्षमान पुनलगायत थिए ।

    जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईसहित शीर्ष नेता तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र नेता शोभित उप्रेती सहभागी भए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend