आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको चुनाव जित्न कृष्ण सिटौलाको यस्तो ‘फर्मुला’ : कार्यकर्तालाई बाँडे गुरुमन्त्र !

कांग्रेसको चुनाव जित्न कृष्ण सिटौलाको यस्तो ‘फर्मुला’ : कार्यकर्तालाई बाँडे गुरुमन्त्र !

  • मिडिया डबली
  • बुधवार, आषाढ २३ २०७८

  • 6.6K
    SHARES

  • कांग्रेसको चुनाव जित्न कृष्ण सिटौलाको यस्तो ‘फर्मुला’ : कार्यकर्तालाई बाँडे गुरुमन्त्र !

    काठमाडौं – नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक समूहले चुनावी तयार थालेका छन् । कांग्रेसमा निर्णायक समूह मानिएको पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको गुटले समेत महाधिवेशनका लागि चुनावी तयारी थालेको छ ।

    गत १३औं महाधिवेशनमा कांग्रेसभित्रको परम्परागत २ गुटको रस्साकस्सीबीच सिटौलाले तेस्रो समूह निर्माण गरेर आफूलाई निर्णायक साबित गरे । 

    सिटौलाले सभापति पदमा नै प्रतिस्पर्धा गरेका भएपनि दोस्रो चरणमा बाहिरिएपछि शेरबहादुर देउवालाई समर्थन गर्दै सभापति बनाएका थिए । गत महाधिवेशनमा निर्णायक शक्ति देखाउँदै सिटौला छुट्टै समूहको रूपमा उदाएका हुन्, त्यसअघि उनी कोइराला परिवार निकट रहेका थिए ।

    आगामी १४औं महाधिवेशनमा समेत निर्णायक शक्ति बन्न सिटौला समूहले रणनीति बनाउन थालेको छ । । मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा सिटौलाले ५० भन्दाबढी नेता कार्यकर्तासँग छलफल गरेका छन् । सिटौलाले एकातिर कांग्रेस महाधिवेशन र अर्काेतिर आमचुनाव आमुन्नेमै रहेको बताए ।

    भेलामा सिटौलाले भने, ‘सर्वोच्च अदालतको आदेश जे आएपछि मुलुक निर्वाचनमा जानेछ । जस्तोसुकै आदेश आए पनि राजनीति चुनावतिर अग्रसर छ । महाधिवेशनसँगै चुनावको तयारी पनि हामीले गर्नुपर्छ ।’ प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्चमा सुनुवाइ सकिएर फैसला आउने चरणमा रहेको छ ।

    सिटौलाले प्रतिनिधिसभा विघटन सदर गरेर अदालतले देउवालाई प्रधानमन्त्री घोषणा गरे पनि विश्वासको मत निश्चित नदेखिएका कारण निर्वाचनमै जानुको विकल्प नरहेको उनले बताएका छन् । ‘चुनाव हुने नै छ, ग्राउन्डमा धेरै झगडा नगरौं, पछि चुनाव लड्दा अन्तर्घात नहोस्,’ सिटौलाले भने ।

    नेकपा एमालेमा एकता प्रयास सकरात्मक ढंगले भइरहेकाले अदालतको आदेशपछि ओलीको सरकार रहँदा वा देउवाको सरकार बन्दा पनि विश्वासको मत पाउन सहज नहुने उनले बताएका छन् ।

    कांग्रेस महाधिवेशनमा जित्ने रणनीति

    भेलामा सहभागी आफूपक्षीय कार्यकर्ताले यसपालि सभापतिको उम्मेदवार बन्ने कि नबन्ने भनेर राखेको जिज्ञासा सिटौलाले भने, ‘कुनै पनि किसानले खेतबारी जोत्छ, डल्लो फुटाउँछ र जमिन रोप्नका लागि तयारी गर्छ भने त्यो किसानलाई बाली लाउने हो कि होइन भनेर सोधिरहन जरुरी छैन । तपाईंहरू यत्ति बुझ्नुस्, अगाडि बढ्नुस् ।’

    सिटौलाले क्रियाशील सदस्यता विवाद टुंगिएपछि तयारी बढ्ने र स्थानीय अधिवेशन सकिएपछि टीम नै तयार हुने जानकारी दिए । यसरी स्थानीय अधिवेशनबाटै जितेर आउने ‘गुरुमन्त्र’ समेत सिटौलाले कार्यकर्तालाई दिए ।

    स्थानीय अधिवेशनमा जुन पक्षसँग मिल्दा प्रतिनिधि जितिन्छ, त्यही पक्षसँग मिलेर धेरैभन्दा धेरै प्रतिनिधि जितेर आउन सिटौलाले निर्देशन दिए । ‘तल धेरै झैंझगडा गर्नुपर्दैन । जोसँग मिल्दा हामी जित्छौं, उसैसँग मिलेर धेरैभन्दा धेरै प्रतिनिधि आउनस् । बाँकी कुरा त्यसपछि हुन्छ,’ सिटौलाले भने ।

    भेलामा सिटौला पक्षका नेताहरू उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं, भीमसेनदास प्रधान, महिला संघकी महासचिव धना खतिवडा, गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडी, पूर्व सभासद चन्द्र महर्जन, युवा नेता कुन्दन काफ्ले, तरुण दल उपाध्यक्ष उत्तम चापागाईं, नेविसंघ महामन्त्री बलदेव तिमिल्सिना लगायत नेताको उपस्थिति रहेको थियो ।

    कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, केन्द्रीय सदस्य डा. शेखर कोइराला लगायतले चुनावी तयारी तीब्र पारेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend