आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मध्यरातिबाट फेरि बढ्यो पेट्रोल, डिजेलको मूल्य, कति पुग्यो ? (पूर्ण विवरण)

मध्यरातिबाट फेरि बढ्यो पेट्रोल, डिजेलको मूल्य, कति पुग्यो ? (पूर्ण विवरण)

  • मिडिया डबली
  • मंगलवार, आषाढ २२ २०७८

  • 4.2K
    SHARES

  • मध्यरातिबाट फेरि बढ्यो पेट्रोल, डिजेलको मूल्य, कति पुग्यो ? (पूर्ण विवरण)

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मातहतको नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनमा मूल्यवृद्धि गरेको छ ।

    यसअघि मूलय समायोजन भएको १३ दिनमै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ ।

    अब राजधानी काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम गरिएको छ ।

    यसअघि असार ९ गते समेत पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो । भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

    निगमका अनुसार मंगलबार मध्यराति १२ बजेदेखि बढेको मूल्य लागू हुने भएको छ । 

    आन्तरिकतर्फ हवाई इन्धनको मूल्य समेत प्रतिलिटर २ रुपैयाँका दरले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्‍याइएको छ । अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको जनाइएको छ ।

    अब प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम गरिएको छ । एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ बताएर प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्ने भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०८:०२:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend