आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पृथ्वीसुब्बा गुरुङले गाडी खरिदमा लुट मच्चाएको खुलासापछि कांग्रेसी मुख्यमन्त्रीको यस्तो निर्णय

पृथ्वीसुब्बा गुरुङले गाडी खरिदमा लुट मच्चाएको खुलासापछि कांग्रेसी मुख्यमन्त्रीको यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, आषाढ २२ २०७८

  • 10.6K
    SHARES

  • पृथ्वीसुब्बा गुरुङले गाडी खरिदमा लुट मच्चाएको खुलासापछि कांग्रेसी मुख्यमन्त्रीको यस्तो निर्णय

    काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री रहेको गण्डकी प्रदेश सरकारले २०–२५ लाख रुपैयाँ मूल्यभन्दा महंगा गाडी नकिन्ने निर्णय गरेको छ ।

    अत्यावश्यक परेको खण्डमा मात्र गाडी किन्ने बताउँदै गण्डकी प्रदेश सरकारले गाडी किन्दा एकरूपता र मितव्ययिता कायम गर्ने भएको छ ।

    सरकारले सवारीसाधन खरिदमा हुने खर्चमा मितव्ययिता अपनाउने मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेको छ । बैठकले नयाँ सवारीसाधन खरिद गर्दा एकरूपता अपनाउँदै न्यूनतम मूल्यका सवारीसाधन खरिद गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले बताएका छन् ।

    यसरी मितव्ययिता अपनाउँदा सवारीसाधन खरिदमा मात्र यस वर्ष २८ करोड रुपैयाँ बचत भएको उनले बताए । ‘एमाले सरकारको पालामा विभिन्न निकायबाट सवारीसाधन खरिद गर्न ३८ करोड रुपैयाँ माग भएको थियो । त्यसमा आवश्यकताका आधारमा मितव्ययिता अपनाउँदा २८ करोड रुपैयाँ घटाएर केवल १० करोड रुपैयाँमा झारिएको छ,’ प्रवक्ता खड्काले भने, ‘हामीले विलासी सवारीसाधन खरिद नगरी आवश्यकता पूरा गर्ने खालका गाडी मात्र खरिद गर्ने निर्णय गरेका छौं । जसका लागि सबै सवारीसाधन खरिद गर्दा एकरूपता अपनाउने र कम बजेटका सवारी खरिद गर्ने भन्ने निर्णय छ ।’

    यसअघि नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले सवारीसाधन खरिदमा एकरूपता नअपनाउँदा कसैले करोड मूल्य त कसैले २०–२२ लाख रुपैयाँका गाडी खरिद गर्ने गरेको पाइएको प्रवक्ता खड्काले बताएका छन् ।

    ‘अब त्यस्तो हुँदैन । अब खरिद हुने सबै गाडी २०–२५ लाख मूल्य भित्रका हुनेछन् । ती पनि अत्यावश्यक अवस्थामा मात्र खरिद हुनेछन्,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend