काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी गठबन्धन बनाएर संयुक्त रुपमा अदालत र सडकमा पुगेका नेपाली कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रियसभा संसदको पहिलो लहरमा बस्ने नेताहरुको कुर्सी साटासाट भएको छ ।
राष्ट्रियसभा प्रमुख विपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले आफू बस्ने कुर्सी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई दिएर आफू पछिल्लो लहरमा गएर बसेकी छन् ।
श्रेष्ठ प्रतिपक्षका लागि तोकिएको कुर्सीमा नबसी प्रमुख विपक्षी दल कांग्रेसका लागि तोकिएको पहिलो लहरमा बसेका थिए ।
यसअघि प्रमुख प्रतिपक्षी दलका नेता राधेश्याम अधिकारी र प्रमुख सचेतक अनिता देवकोटालाई सत्तापक्षभन्दा अर्को लहरमा बस्ने व्यवस्था मिलाइएको थियो ।
प्रतिपक्ष बस्ने लहरमा माओवादी संसदीय दलका नेता दिनानाथ शर्मा र जसपाका संसदीय दलका नेता शेखर सिंहलाई बस्ने आसन संसद सचिवालयले मिलाएको थियो ।
राष्ट्रिय सभामा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका सांसदहरु बस्ने ठाउँ अध्यक्षले तोक्ने तथा अध्यक्षले प्रमुख प्रतिपक्षी कांग्रेस, प्रतिपक्षी माओवादी केन्द्र र जसपाका नेताका लागि सिट तोकेको भएपनि श्रेष्ठ कांग्रेसको सिटमा बसेका हुन् ।
संसद सचिवालयले श्रेष्ठलाई विपक्षी बेञ्चको दोस्रो लहरमा बस्ने व्यवस्था मिलाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।