काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति घोर आपत्ति जनाएको छ ।
कांग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका ल्याउन हतारो गरेको जनाएका छन् ।
निर्वाचन आयोगले कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कार्यक्रम प्रकाशित गरेको छ । आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिएको छ ।
प्रत्यक्ष निर्वाचित हुने सांसदका लागि असोज २० र २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ । असार ३१ गतेदेखि निर्वाचन अवधि सुरू हुने आयोगको कार्यतालिकामा रहेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।