आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. शेखर कोइराला पुगे बिमलेन्द्र निधिको घर, के भयो कुराकानी ?

डा. शेखर कोइराला पुगे बिमलेन्द्र निधिको घर, के भयो कुराकानी ?

  • मिडिया डबली
  • सोमवार, आषाढ २१ २०७८

  • 5.8K
    SHARES

  • डा. शेखर कोइराला पुगे बिमलेन्द्र निधिको घर, के भयो कुराकानी ?

    काठमाडौं – नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिलाई भेट्न केन्द्रीय सदस्य डा. शेखर कोइराला निधिकै घर पुगेका छन् ।

    कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षी निधि र कोइरालाबीच सोमवार दिउँसो भेटवार्ता भएको छ ।

    निधि निवास मध्यबानेश्वरमा दुबै नेताबीच आसन्न महाविधेशनबारे छलफल भएको स्रोतले जनाएको छ ।

    सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षमा रहँदै आएका उपसभापति निधिले सभापतिका आकांक्षी नेताहरूलाई भेटेर सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । निधिले कांग्रेसमा चर्चामा रहेका सबै सभापतिका आकांक्षीसँग छलफल गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलाई भेटेर निधिले १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका छन् ।

    केन्द्रीय सदस्य डा. कोइरालाले समेत सभापतिमा उम्मेदवारी दिने बताउँदै दौडधुप गरिरहेका छन् । कोइरालाले निधिलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका जनाइएको छ ।

    कांग्रेसले भदौ १६–१९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend