आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसभित्र महिलालाई उचाल्दै कृष्ण सिटौला

कांग्रेसभित्र महिलालाई उचाल्दै कृष्ण सिटौला

  • मिडिया डबली
  • सोमवार, आषाढ २१ २०७८

  • 7.3K
    SHARES

  • कांग्रेसभित्र महिलालाई उचाल्दै कृष्ण सिटौला

    काठमाडौं – नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आगामी महाधिवेशनका लागि महिला नेतृत्वलाई उचाल्न थालेका छन् ।

    सिटौलाले महिला नेत्रीहरूमा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताए ।

    लोकतन्त्रका लागि हाम्रो अभियानले आईतवार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनः नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल अन्तर्क्रियामा सिटौलाले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखे मात्र महिला क्षमता विकास हुने बताएका छन् ।

    ‘पार्टीभित्र महिलाहरू समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ, प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ,’ नेता सिटौलाले भनेका छन् ।

    पूर्व महामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरू नेतृत्वमा पुग्न नसकेको बताएका छन् ।

    सिटौलाले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारे पार्टीभित्र आफू सकारात्मक रहेको जनाएका छन् ।

    कांग्रेस नेत्री चित्रलेखा यादवले महिलाहरू नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताएकी छन् ।

    उनले भनिन्, ‘पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हाबी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend