आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ललितपुर कांग्रेसको ‘कमाण्ड’ मीनकृष्ण महर्जनको हातमा दिने कार्यकर्ताको मनस्थिति

ललितपुर कांग्रेसको ‘कमाण्ड’ मीनकृष्ण महर्जनको हातमा दिने कार्यकर्ताको मनस्थिति

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 12.3K
    SHARES

  • ललितपुर कांग्रेसको ‘कमाण्ड’ मीनकृष्ण महर्जनको हातमा दिने कार्यकर्ताको मनस्थिति

    काठमाडौं – नेपाली कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा ललितपुर जिल्लामा चुनावी माहोल तात्दै गएको छ ।

    चुनावी माहोल तात्ने क्रममा कांग्रेसका प्रभावशाली युवा नेता, खेलकुद विभाग सचिव, महासमिति सदस्य मीनकृष्ण महर्जनलाई जिल्ला सभापतिमा बलियो उम्मेदवारका रूपमा हेर्ने गरिएको छ । 

    ललितपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ वटा रहेका छन् । ललितपुर जिल्लाभर क्षेत्रीय प्रतिनिधि १ हजार ३३९ जना निर्वाचित भएर आउने छन् ।

    तीमध्ये १ नम्बर क्षेत्रमा ५५६ जना, २ नम्बरमा ३२५ जना र ३ नम्बरमा ४५८ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन् ।

    १ नम्बर क्षेत्रको बढी भोट भएका कारण पनि नेता महर्जन जिल्ला सभापतिमा निर्वाचित हुने प्रबल सम्भावना रहेको कांग्रेसका स्थानीय कार्यकर्ताको विश्लेषण रहेको छ ।

    गोदावरी नगरपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाध्यक्ष मिलन सिलवालले नेता महर्जनलाई जिताउने अभियान थालिएको बताए । ‘ललितपुरको १ नम्बर क्षेत्रमा बढी भोट छ तर पनि १ नम्बर क्षेत्रको जिल्ला सभापति बन्न सकेको छैन । यसपटक युवा नेता मीनकृष्ण महर्जनको बलियो सम्भावना छ, हामी  युवा नेता मीनकृष्ण महर्जनलाई जिताउने अभियानमा लागिपरेका छौं,’ सिलवालले भने ।

    बागमती गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष बिष्णु तिमल्सिनाले मीनकृष्णले कार्यकर्तालाई आफ्नो परिवार सम्झेर सहयोग गर्ने भएकाले जिल्ला सभापतिमा जिताउनुपर्ने बताए । ‘हरेक कार्यकर्ताको सुख–दुःखमा साथ दिने, हरेक आन्दोलनमा युवाहरू व्यापक रूपमा परिचालन गर्नसक्ने र नजिकिँदै गरेको स्थानीय निर्वाचन होस् वा १ वर्ष ६ महिनापछि हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार जिताउन युवाहरूको विशेष भूमिका रहने र व्यापक युवा परिचालन गर्नको निम्ति मीनकृष्णलाई जिताउने अभियानमा लागिपरेका छौं,’ उनले भने ।

    २ नम्बर क्षेत्रका नेता महेन्द्रदेव सिंले पनि २ नम्बर क्षेत्रमा मीनकृष्णको प्रभाव बढ्दै गएको र मीनकृष्णको जीत सुनिश्चित रहेको बताए । २ नम्बर क्षेत्रका नेता तरुण विभाग बागमती प्रदेश सहसंयोजक भुवनलाल महर्जनले जिल्ला सभापतिमा मीनकृष्णालाई जिताउनुपर्ने बताए ।

    तरुण दल ललितपुर ३ नम्बर क्षेत्रका अध्यक्ष सुन्दर महर्जनले यसपालिको १४ औं महाअधिवेशनको जिल्ला अधिवेशनमा ८०% भन्दा बढी युवाले भोट हाल्ने निश्चित रहेको बताए । तरुण नेता किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका बिनोद महर्जनले भने, ‘मीनकृष्ण दाइसँग तमाम ललितपुर जिल्लाका युवाहरूसँग भविष्य जोडिएको छ, त्यसैले यी युवाको भविष्य जोडिएका कारण पनि मीन दाइलाई सभापति बनाउनैपर्नेछ ।’

    नेता महर्जन ललितपुरमा निकै लोकप्रिय युवा नेताको रूपमा परिचित छन् । उनी गत १३ औं जिल्ला अधिवेशमा पनि सबैभन्दा बढी भोट ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend