आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको क्रियाशील सदस्यता विवादमा रामचन्द्र पौडेल पक्ष गम्भीर, नयाँलाई नमान्ने मूड !

कांग्रेसको क्रियाशील सदस्यता विवादमा रामचन्द्र पौडेल पक्ष गम्भीर, नयाँलाई नमान्ने मूड !

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 6.2K
    SHARES

  • कांग्रेसको क्रियाशील सदस्यता विवादमा रामचन्द्र पौडेल पक्ष गम्भीर, नयाँलाई नमान्ने मूड !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस १४ औं महाधिवेशन विषयमा सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यता विवाद विषयलाई रामचन्द्र पौडेल पक्षले गम्भीर रुपमा लिएको पाइएको छ ।

    पौडेल पक्षका नेताले क्रियाशील सदस्यताका विषयमा बुधवार महाराजगञ्जस्थित कांग्रेस महामन्त्री शशांक कोइराला निवासमा आफूनिकट छानविन समिति सदस्यको ब्रिफिङ सुनेका छन् । 

    बैठकमा क्रियाशील छानविन समिति सदस्य प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङले नेताहरुलाई क्रियाशील सदस्यबारे ब्रिफिङ गरेका छन् ।

    त्यसक्रममा पौडेल पक्षले क्रियाशील विषयमा देखिएका विवाद मापदण्ड बनाएर तत्काल टुंग्याइनुपर्ने नभए विवादितलाई छाडेर पनि महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्य विवाद विषयमा गम्भीर छलफल भएको बताए ।

    नेता केसीका अनुसार कसरी र के आधारमा मापदण्ड बनाएर विवाद समाधान गर्ने भन्ने विषयमा नेताबीच छलफल भएको छ ।

    ‘क्रियाशील सदस्यता विवाद समाधान गर्न मापदण्ड बनाउन ढिलाइ भयो, महाधिवेशन सन्निकट छ, विवाद समाधान गर्ने विषयमा केही आधारबारे छलफल भयो,’ बैठकबारे जानकारी दिँदै नेता केसीले भने, ‘नभए विवादित छाडेर निर्विवाद सदस्यतालाई मात्रै लिएर महाधिवेशनमा जानुपर्छ भन्ने कुराकानी भएको छ ।’

    बैठकमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु केसी, डा. शेखर कोइराला, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल लगायत सहभागी रहेका छन् ।

    सहभागी एक नेताका अनुसार नेताबीच संस्थापनइतर पक्षबाट महाधिवेशनमा नेतृत्वका आकांक्षी धेरै देखिँदा समस्या आउनसक्ने विषयमा समेत छलफल भएको छ । बैठकमा सहभागीमध्ये अधिकांश नेता आगामी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन् । उनीहरुमध्ये केहीले नेताका घरघर पुगेर आन्तरिक भेटघाट समेत थालेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend