काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आगामी भदौमा हुने महाधिवेशनको सरगर्मी राम्रैसँग बढेको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताहरूसँग आन्तरिक छलफल गरिसकेपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला महाधिवेशनको तयारीमा जुटेका छन् ।
नेता सिटौलाले आगामी शुक्रबार आफूपक्षीय नेताहरुको भेला बोलाएर महाधिवेशनबारे छलफल गर्ने भएका छन् । महाधिवेशनबारे आन्तरिक छलफल गर्ने पालो देउवा र पौडेलपछि सिटौलाको आएको छ ।
नेताहरु गगन थापा, प्रदीप पौडेल, भीमसेन दास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईं लगायतलाई सिटौलाले बैठकमा निम्तो दिएका छन् ।
आगामी १४ औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद, महाधिवेशनमा कसरी जाने भन्ने लगायतका विषयमा भेलामा छलफल हुने तयारी छ ।
पार्टी महाधिवेशन नजिकिएसँगै कांग्रेसका नेताहरु आ–आफ्नो समूहगत छलफलमा लागेका छन् ।
यसअघि उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरुसँग गर्ने भनेको छलफल स्थगित गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।