आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा समीकरण फेरबदलको संकेत, अहिलेकै समूह एक ठाउँमा नरहने

कांग्रेसमा समीकरण फेरबदलको संकेत, अहिलेकै समूह एक ठाउँमा नरहने

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 6.3K
    SHARES

  • कांग्रेसमा समीकरण फेरबदलको संकेत, अहिलेकै समूह एक ठाउँमा नरहने

    काठमाडौँ - महाधिवेशनको मिति नजिकिएपछि कांग्रेसको नेतृत्वका आकांक्षी नेताहरुकाबीच गर्मागर्मी सुरु भएको छ ।

    खासगरी अहिले उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र नेता प्रकाशमान सिंहबीचको भेटवार्ताले कांग्रेसमा समीकरण फेरबदल हुने संकेत देखिएको छ ।

    १४औं महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसमा नेताहरूबीच समीकरण पनि तीव्र रूपमा फेरबदल हुने स्थिति देखिएको छ ।

    पार्टी सभापतिका दाबेदारबीच भेटवार्ता र छलफलको क्रम बढेसँगै यस्तो परिस्थिति देखिएको हो । खासगरी महाधिवेशनको संघारमा संस्थापक नेताका सुपुत्रहरूको एकपछि अर्को भेटघाटले कांग्रेस तरंगित छ । 

    पार्टीको नेतृत्व हात पार्न कांग्रेस उपसभापति निधि, महामन्त्री कोइराला र सिंहबीच एक सातायता भेटवार्ता जारी छ ।

    मंगलबार निधि र महामन्त्री कोइराला प्रकाशमान निवास चाक्सीबारी पुगेका छन् । निधि र कोइरालासँग लञ्चसहितको मिटिङ सुरु भएको सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए । 

    निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बीपी कोइरालाका पुत्र हुन् । संस्थापक नेतात्रयका छोराहरु निधि, कोइराला र सिंहका बीच १४ औँ महाधिवेशनको संघारमा यो तेस्रो मिटिङ भएको हो । तीनै नेता कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । पार्टीको नेतृत्व पुस्तान्तरणको पक्षमा उभिएका नेतात्रय यसअघि गत सोमबार निधि निवासमा बसेका थिए भने शुक्रबार कोइराला निवासमा बसेका थिए । 

    उपसभापति निधिले भेटका क्रममा नयाँ समीकरण बनाएर एकजनामात्रै उम्मेदवार बन्नेबारे सकारात्मक छलफल भएको बताउँदै आएका छन् । तर, कोइराला र सिंहले भने पौडेल समूहको भेलामा एकआपसमा सहयोग गर्ने सन्दर्भमा मात्रै छलफल भइरहेको बताएका थिए । कांग्रेसको १४ औँ महाधिवेशन भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

    सोमबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाबीच मण्डिखाटारमा लञ्च मिटिङ भएको थियो । पौडेल, सिटौला र कोइराला तीनैजना सभापतिका आकांक्षी हुन् । लगत्तै डा.शेखर कोइराला नेता रामचन्द्र पौडेलबीच पनि भेटवार्ता भएको थियो । दुवैले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोग मागेका थिए । 

    उता, संस्थापन पक्षमा भने बिग्रहको अवस्था देखापरेको छ । सभापति शेरबहादुर देउवाले आफू दोस्रो कार्यकालका लागि इच्छुक रहेको बताएपछि बिग्रह सुरु भएको हो । देउवा निकट नेता निधिले उनको साथ छाडिसकेका छन् ।

    नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबेदारी प्रस्तुत गर्ने बताइसकेका छन् । त्यसैले यसपटक पहिलेको समीकरणमा फेरबदल आउने देखिएको छ । महाधिवेशनसम्म कुन नेता कहाँ पुग्छन् भन्ने एकिन छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend