काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कार्यभार सम्हालेपछि पहिलो नियुक्ति गरिएको छ ।
नेपालीको सिफारिसमा प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् ।
मुख्यमन्त्री नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमवार बाँस्तोलालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी छन् ।
पोखरा निवासी बाँस्तोला २५ वर्षदेखि कानून व्यवसायमा संलग्न रहेका छन् । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्व अध्यक्ष समेत रहेका बाँस्तोला डेमोक्र्याटिक लयर्स एसोसिएसन कास्कीका पूर्व अध्यक्ष समेत रहेका छन् ।
मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार भएर काम गर्ने गर्छन् । यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएसँगै मुख्य न्यायाधिवक्ताले पदबाट राजीनामा दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।