काठमाडौं – केन्द्रीय राजनीतिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेका छन् । तर सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षीय एमाले मिलेर सरकार चलाइरहेका छन् ।
सोमबार बजेटमाथिको छलफलका क्रममा प्रदेश सभाभित्र बजेटको विरोधमा कांग्रेस र ओली एमालेको एकै स्वर हुँदा पनि सरकारको नेतृत्व गरेको दल माओवादीले पेलेको छ ।
बजेटमाथि प्रतिपक्षी कांग्रेसको विरोधका बाबजुद आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रदेशसभा बहुमतले पारित गरिएको छ ।
सत्ता साझेदार एमालेकै ओली पक्षका ७ सांसदले समेत पार्टी केन्द्रको सर्कुलर अनुसार विरोध गर्दै आएको छन् । तर सोमबारको प्रदेशसभा बैठकमा प्रतिपक्षीको असहमतिकै बाबजुद बहुमतबाट बजेट पारित भएको छ ।
बजेटमा आफ्ना कुरा समावेश नभएकोमा कांग्रेसले असन्तुष्टि जनाएको छ ।
बजेट पारित हुनुअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा हतारमा बजेट ल्याउँदा केही कमजोरी भएको स्वीकार गरेका छन् ।
मन्त्री शाहले गत असार १ गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।