आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा चहलपहल : रामचन्द्र पौडेल र कृष्ण सिटौलाको बीचमा सुजाता कोइराला !

कांग्रेसमा चहलपहल : रामचन्द्र पौडेल र कृष्ण सिटौलाको बीचमा सुजाता कोइराला !

  • मिडिया डबली
  • सोमवार, आषाढ १४ २०७८

  • 5.8K
    SHARES

  • कांग्रेसमा चहलपहल : रामचन्द्र पौडेल र कृष्ण सिटौलाको बीचमा सुजाता कोइराला !

    काठमाडौं – नेपाली कांग्रेसमा आगामी भदौमा हुने गरी तोकिएको महाधिवेशनको चहलपहल सुरू भएको छ ।

    कांग्रेस नेताहरू शेरबहादुर देउवा, बिमलेन्द्र निधि, डा. शशांक कोइराला सक्रिय भइरहेका बेला पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला समेत सक्रिय भएकी छन् ।

    नेत्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग सोमबार छलफल गरेकी छन् । नेत्री कोइरालाले नेता पौडेल र सिटौलालाई मण्डिखाटारस्थित घरमा बोलाएकी हुन् ।

    कांग्रेस वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले कोइरालाको निम्तोपछि लन्चका लागि नेताहरु घरमै पुगेका बताएका छन् । नेत्री कोइरालाको घरमा २ घण्टा छलफल भएको छ ।

    नेत्री कोइराला कांग्रेस महाधिवेशनमा सभापति पदमा लड्ने बताइरहेकी छन् । कोइरालाले २०७२ सालमा पनि कांग्रेस सभापतिमा उठ्ने बताए पनि अन्तिम समयमा पछाडि हटेकी थिइन् ।

    नेत्री कोइरालाले दुवै नेतालाई घरमै बोलाएर आफू सभापतिमा लड्ने तयारी गरिरहेको बताएकी छन् । कांग्रेसको आगामी महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

    यसअघि नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहले समेत संयुक्त भेटवार्ता गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend