काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका स्थायी कमिटी सदस्य बेदुराम भुसालले पार्टी परित्याग गरेर राष्ट्रिय सभामा स्वतन्त्र सांसदको मान्यता दिन माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।
नेकपा एकीकृत नै रहँदा राष्ट्रियसभा सदस्यमा निर्वाचित भुसालले कुनै पनि दल रोज्न मन नलागेकाले स्वतन्त्र सांसदको मान्यता दिन माग गरेका छन् ।
सर्वोच्च अदालतले २०७७ फागुन २३ गते आफू निर्वाचित पार्टी नेकपाको अस्तित्व समाप्त गरेदेखि नै आफू स्वतन्त्र सांसद रहेको भुसालले बताएका छन् ।
नेकपा एमालेमा माधव नेपाल पक्षमा रहेका भुसालले दिएको निवेदनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कतिपयले नेकपा एमाले मिल्नै नसक्ने अवस्था रहेको तर्क गरिरहेका बेला भुसालले निवेदन दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।