आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कम्युनिस्ट मुख्यमन्त्री चढ्ने गाडी कांग्रेस नेतालाई उपहार !

कम्युनिस्ट मुख्यमन्त्री चढ्ने गाडी कांग्रेस नेतालाई उपहार !

  • मिडिया डबली
  • आइतवार, आषाढ १३ २०७८

  • 11.3K
    SHARES

  • कम्युनिस्ट मुख्यमन्त्री चढ्ने गाडी कांग्रेस नेतालाई उपहार !

    काठमाडौं – नेकपा एमालेविरुद्ध देशभर बनेको विपक्षी गठबन्धनसँगै नेपाली कांग्रेस सत्तारुढ बनेको कर्णाली प्रदेशमा कम्युनिस्ट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू चढ्ने गाडी कांग्रेस नेता जीवनबहादुर शाहीलाई उपहार दिएका छन् ।

    कर्णाली सरकारका मुख्यमन्त्री शाहीले आफू चढ्दै आएको प्राडो गाडीमा निजी नम्बर प्लेट राखेर नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई दिएका हुन् ।

    मुख्यमन्त्री शाही संविधानसभा सदस्य हुँदै ऊर्जामन्त्री बनेका बेला विद्युत प्राधिकरणको बा२झ ५७९३ नम्बरको गाडी प्रयोग गरेका थिए । कर्णाली प्रदेशमा शाही मुख्यमन्त्री भएपछि पनि हालसम्म प्राधिकरणकै गाडी प्रयोग गर्दै आइरहेका थिए ।

    कर्णाली प्रदेशमा कांग्रेससँग सत्ता सहकार्य भइसकेपछि मुख्यमन्त्री शाहीले आफ्नो गाडी कांग्रेस नेता शाहीलाई दिएका हुन् भने गाडीको नम्बर प्लट बदलेर निजी गाडी बनाइएको छ ।

    मुख्यमन्त्री शाहीले निजी नम्बर प्लेट राखेको गाडीमा रातो प्लेटमा बा२च ५७९३ नम्बर लेख्न लगाएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘उहाँले कांग्रेस संसदीय दलका नेता शाहीलाई हिँड्न समस्या भएका कारण गाडीमा नम्बर फेर्न लगाउनुभएको हो । अहिले केही दिनदेखि नेता शाहीले उक्त गाडी प्रयोग गर्दै आइरहनुभएको छ तर गाडी राख्ने ठाउँ भने मुख्यमन्त्री निवासमै मिलाइएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend