आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महाधिवेशन आउनैलाग्दा हिन्दूराष्ट्रको विरुद्धमा बोल्न थाले शशांक कोइराला

महाधिवेशन आउनैलाग्दा हिन्दूराष्ट्रको विरुद्धमा बोल्न थाले शशांक कोइराला

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ११ २०७८

  • 5.1K
    SHARES

  • महाधिवेशन आउनैलाग्दा हिन्दूराष्ट्रको विरुद्धमा बोल्न थाले शशांक कोइराला

    काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन आउनैलाग्दा महामन्त्री डा. शशांक कोइरालाले हिन्दूराष्ट्रविरुद्ध बोल्न थालेका छन् ।

    डा. कोइरालालाई हिन्दूराष्ट्रको पक्षपातीका रूपमा हेर्ने गरिएको भएपनि उनी धर्मनिरपेक्षताकै पक्षमा उभिएका छन् ।

    प्राइम टाईम टेलिभिजनबाट बिहीबार राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै महामन्त्री कोइरालाले भने, ‘म नेपाललाई हिन्दूराष्ट्र बनाउने पक्षमा म जान्नँ ।’
     
    महामन्त्री कोइरालाले आफू बीपी कोइरालाको धारणालाई अघि बढाएर राजनीति गरिरहेको जनाएका छन् । कोइरालाले बीपीका धारणा अहिले पनि उत्तिकै सान्दर्भिक रहेका बताए ।

    महामन्त्री कोइरालाले अहिले आफूहरू लोकतान्त्रिक गणतन्त्रमा रहेकाले विकल्प नखोजिने स्पष्ट पारेका छन् । ‘यसको विकल्प किन खोज्नुपर्‍यो, यही नै ठीक छ । बीपी गणतन्त्रविरोधी हुनु एउटा कालखण्डको कुरा भए पनि तेस्रो जनआन्दोलनपछि नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो,’ उनले भने ।

    महामन्त्री कोइरालाले आफू राजाको पक्षमा समेत नरहेको स्पष्ट पारेका छन् । ‘अब कांग्रेस गणतन्त्रबाट ब्याक हुँदैछ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend