सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस सभापति देउवाकै सामुन्ने प्रचण्डले यस्तोसम्म बोलेपछि ...

कांग्रेस सभापति देउवाकै सामुन्ने प्रचण्डले यस्तोसम्म बोलेपछि ...

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 10.8K
    SHARES

  • कांग्रेस सभापति देउवाकै सामुन्ने प्रचण्डले यस्तोसम्म बोलेपछि ...

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको ठहर गर्दै नेपाली कांग्रेस र माओवादी केन्द्र लगायत दलहरू एकजुट भएका छन् । तर कांग्रेस प्रजातान्त्रिक र लोकतान्त्रिक विचारधारा अवलम्बन गर्दै आएको छ ।

    कम्युनिस्ट र वामपन्थी दलहरू निरंकुश र हिंसात्मक हुने बुझेका अधिकांश नेपाली कांग्रेसप्रति आस्थावान छन् । तर नेपालमा लामो सशस्त्र युद्ध गरेर आतंक मच्चाएका प्रचण्डले लोकतान्त्रिक पार्टी कांग्रेसलाई वामपन्थी दलको उपाधि दिएका छन् ।

    राजधानी काठमाडौंमा विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरूसँग आयोजित छलफलमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीभन्दा कांग्रेस वामपन्थी दल भएको बताए ।

    नजिकै कांग्रेस सभापति देउवा बसिरहेको बेला अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीभन्दा कांग्रेस सयौं गुणा वामपन्थी रहेको दाबी गरेका छन् ।

    ‘केपी ओलीले फोन गरेर वामपन्थी सरकार ढालेर कांग्रेसको सरकार बनाउन लाग्नुभयो भन्नुभयो,’ ओलीलाई दिएको जवाफबारे बताउँदै प्रचण्डले भने, ‘कांग्रेस त तपाईंभन्दा सयौं गुणा गणतन्त्रवादी र वामपन्थी हो भनेर जवाफ दिएँ ।’

    प्रधानमन्त्री ओलीलाई दिएको जवाफबारे प्रचण्डले अगाडि भने, ‘कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ, तपाईं सिध्याउन लाग्नुभएको छ । लोकतन्त्र बचाऊ भन्ने कांग्रेस दक्षिणपन्थी र संविधान मास्ने तपाईं वामपन्थी कहाँ हुनुभयो ?’ 

    प्रचण्डले पूर्व प्रधानमन्त्रीको वक्तव्य कुनै देशको विरोधमा नभएको बताए । ‘नेपालको बारेमा निर्णय नेपालीले नै गर्ने हो, प्रत्यक्ष र परोक्ष रूपमा विदेशी चलखेल नहोस् भनेर विज्ञप्ति जारी गरिएको हो परिस्थिति गम्भीर नभई गरिएको होइन । यो स्थितिबारे हामीले जनतालाई जानकारी नगरे कसले गर्छ ?’ प्रचण्डले भने, ‘५ जना पूर्व प्रधानमन्त्रीले गर्दा त्यो अपील ठूलो हुन्छ भन्ने लाग्यो र गर्‍यौं, हाम्रो जिम्मेवारी पनि हुन्थ्यो । हामी उस्तै भए त विदेशीको आशीर्वाद गर्न प्रतिस्पर्धा गर्ने थियौं ।’

    प्रचण्डले सबै नेता उस्तै हुन् भनेर मूल्यांकन गर्दा आफूहरूलाई अन्याय हुने बताए । ‘लोकतन्त्रका लागि आन्दोलन गर्ने र आन्दोलनको विरोध गर्ने उस्तै हुन् त ? नैतिकताको प्रश्न उठेपछि राजीनामा गर्ने र सत्ताका लागि जे पनि गर्न उद्यत हुने उस्तै हुन् त ?’ प्रचण्डले प्रश्न गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend