काठमाडौं – नेपाल तरुण दल लमजुङले जिल्ला सदस्य धन घलेको विशेष पहलमा लमजुङको दोर्दी गाउँपालिका–८ मा करीब ४० घर–परिवारलाई राहत वितरण गरेको छ ।
राहतमा चामल, दाल, नून, तेल लगायतका खाद्यान्न वस्तुहरू थिए भने मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री रहेका तरुण नेता धन घलेले बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङले तरुण दल जनताको हरेक सुखदुःखमा साथ दिने संगठन रहेको बताउँदै आफूहरू दोर्दी–८ मा रहेका विपन्न वर्गका परिवारलाई राहत वितरण गर्न आएको बताए ।
राहत वितरण कार्यक्रम नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङको नेतृत्वमा गरिएको थियो भने कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु धिताल, तरुण दलका पूर्व केन्द्रीय सदस्य स्थिरबहादुर ख्याति, दोर्दी–८ का वडाध्यक्ष तुलबहादुर गुरुङ, गाउँपालिका प्रतिनिधि बिच्च बहादुर घले, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेम घिमिरे, दोर्दी–८ का नेपाली कांग्रेसका सभापति पितम घले, तरुण दल उपाध्यक्ष भुपेश गुरुङ, जिल्ला सदस्य धन घले, लबिन गुरुङ, दोर्दी गाउँपालिकाका तरुण अध्यक्ष लालबहादुर गुरुङ, बेशीसहर नगरपालिकाका तरुण अध्यक्ष विशाल अधिकारी, सुन्दरबजार नगरपालिकाका तरुण अध्यक्ष सञ्जिव पौडेल, दोर्दी–१ का तरुण सभापति म्याक्स गुरुङ लगायतका उपस्थिति रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।