सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओलीका कर्तुतविरुद्ध मिलेर लड्दैछन् कांग्रेस र माओवादीका विद्यार्थी 

ओलीका कर्तुतविरुद्ध मिलेर लड्दैछन् कांग्रेस र माओवादीका विद्यार्थी 

  • मिडिया डबली
  • बुधवार, आषाढ ९ २०७८

  • 6.4K
    SHARES

  • ओलीका कर्तुतविरुद्ध मिलेर लड्दैछन् कांग्रेस र माओवादीका विद्यार्थी 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्काे गर्दै असंवैधानिक कदम चालेपछि त्यसविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत पार्टीका विद्यार्थी संगठन मिलेर लड्ने भएका छन् ।

    विपक्षी गठबन्धनमा आवद्ध ५ विद्यार्थी संगठनले ओली सरकारविरुद्ध संयुक्त प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

    नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले प्रेस विज्ञप्ति जारी गरी काठमाडौं उपत्यकाको प्रदर्शनी मार्गमा बिहीवार संयुक्त विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

    सामाजिक दूरी र स्वास्थ्य मापदण्डभित्र रहेर प्रदर्शन हुने संगठनले जनाएका छन् । उपत्यकाबाहिर समेत ५ विद्यार्थी संगठनका तर्फबाट देशभर संयुक्त विरोध प्रदर्शन गरिने जनाइएको छ ।

    कोरोना कहरले आक्रान्त भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा सरकारले एकपछि अर्को गर्दै राष्ट्रघात, कुशासन, महंगी र भ्रष्टाचार थोपरिरहेको विद्यार्थी संगठनको आरोप रहेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको अत्यन्तै ठूलो त्याग, बलिदान र समर्पणको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री केपी ओली निरन्तर उद्यत रहेको सर्वविदितै छ । प्रधानमन्त्री ओलीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्यूत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै बिडम्बनापूर्ण बनेको छ । संविधानको चीरहरण गरेर दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को गर्दै राष्ट्रघात, कुशासन, महंगी र भ्रष्टाचार थोपरिरहेको छ ।’

    200465075_1622279077970253_6941133539391719474_n.jpg

    यसैबीच, नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भयंकर निर्णय गरेको छ । बुधवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले ओलीको प्रतिगमनविरुद्ध सडकमै जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको छ ।

    बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सामाजिक दुरी कायम गरी विरोध कार्यक्रम गर्नेबारे सैद्धान्तिक छलफल भएको बताए । संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अन्तर्गत बिहीवार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको खड्काले बताएका छन् ।

    दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम गर्ने निष्कर्ष गठबन्धनले निकालेको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी निर्णयविरुद्ध कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन गरिने खड्काले जानकारी दिए ।

    ‘स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर विरोध कार्यक्रम निरन्तर गर्छौं । बाढी पहिरोबाट क्षति भएका ठाउँमा राहत र सहयोगको कार्यक्रमका लागि संगठन परिचालन गरिने छ,’ उनले भने ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको बेला गठबन्धनले आफ्नो पक्षमा फैसला गराउने उद्देश्यले विरोधमा उत्रिने निर्णय गरेको देखिएको छ ।

    ओलीले बहुमतको सरकार चलाउन नसक्ने परिस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान भएको थियो । राष्ट्रपति भण्डारीले दिएको २१ घण्टाको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत १४९ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपनि राष्ट्रपतिबाट स्वीकृत भएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend