आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पेट्रोल र डिजलको मूल्य फेरि बढ्यो, ओली सरकारमा महंगी अचाक्ली !

पेट्रोल र डिजलको मूल्य फेरि बढ्यो, ओली सरकारमा महंगी अचाक्ली !

  • मिडिया डबली
  • बुधवार, आषाढ ९ २०७८

  • 6.2K
    SHARES

  • पेट्रोल र डिजलको मूल्य फेरि बढ्यो, ओली सरकारमा महंगी अचाक्ली !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली मातहतको नेपाल आयल निगमले आज बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा फेरि बृद्धि गरेको छ ।

    गत जेठ महिनामा मूल्यवृद्धि गरेको सरकारले बढेको मूल्यमा कारोबार हुन थालेको १ महिना नपुग्दै फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ ।

    बृद्धि भएको मूल्यअनुसार अब पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मूल्य ११० रुपैयाँमा कारोबार हुने भएको छ ।

    नेपाल आयल निगमका अनुसार यसअघि कायम भएको पेट्रोल, डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढाइएको हो । आन्तरिक हवाईको इन्धनमा समेत २ रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

    गत जेठ २२ गते आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा साविकको मूल्यमा २ रुपैयाँ बढाएको थियो ।

    भारतीय आयल कर्पोरेसनबाट आएको मूल्य बढेर आएकाले सोहीअनुसार नेपालमा समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०८:०२:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend