काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
आज शुक्रवार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको छ ।
प्रस्तावको विपक्षमा नेकपा एमालेबाट २७ मत मात्रै खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित रहेका थिए ।
प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्तावमाथि भएको मत विभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलले पेश गरिएको प्रस्ताव प्रदेश सभाको बहुमतबाट पारित भएको घोषणा गरेका छन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए ।
पोखरेल गत जेठ २९ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त भएपछि पोखरेल मुख्यमन्त्री बनेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।