काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शुक्रबार प्रदेश सभाको कठघरामा उभिने भएका छन् ।
नवनियुक्त मुख्यमन्त्री पोखरेलले कुनै ढिलाइ नगरी प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन् ।
आज शुक्रवार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा पोखरेलले विश्वासको मतको प्रस्ताव राख्ने भएका छन् । संविधान अनुसार विश्वासको मत लिने समय ३० दिन हुने भएपनि मुख्यमन्त्री पोखरेलले १ हप्ताभित्रै विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पोखरेल तत्कालीन विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । पोखरेललाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र गरी ३१ जना सांसदको समर्थन रहेको छ । गण्डकी प्रदेशसभा ६० सदस्यीय रहेको छ, जसमा बहुमत संख्या ३१ हो ।
विश्वासको मत लिने अघिल्लो दिन मुख्यमन्त्री पोखरेल बाढीपहिरो प्रभावितको घरदैलोमै पुगेका छन् । बिहीबार मनाङ पुगेका मुख्यमन्त्री पोखरेल आज शुक्रबार बिहान पोखरा फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।